काठमाडौं । समाचार संकलनको क्रममा राष्ट्रपति कार्यालय शीतल निवास बाहिर बाट पत्रकारलाई पक्राउ गरिएको छ । राष्ट्रपति विद्याादेवी भण्डारीले महंगो गाडी प्रयोग गरेको भन्दै उनको विरोधमा कार्यक्रम आयोजना गरिएको थियो । उक्त कार्यक्रमको फोटो खिच्दै गरेको अवस्थामा पत्रकार बर्षा शाहलाई पक्राउ गरिएको हो । पत्रकारको परिचय पत्र देखाउँदा पनि प्रहरीले पक्राउ गरिएको जनाइएको छ ।
महाराजगञ्ज प्रहरी वृत्तका डिएसपी फणिन्द्र प्रसाईले घटनास्थलमा फोटो खिच्ने सबैलाई पक्राउ गर्न आदेश दिएका थिए । फोटो पत्रकार बर्षा शाहलाई प्रहरी समात्यो र महाराजगञ्ज प्रहरी वृत्त पुर्यायो।
करिब तीन घन्टा उनलाई हिरासतमा राखिसकेपछि वरिष्ठ प्रहरी अधिकारीहरुको दबाब र पत्रकारहरुको आक्रोश तथा विरोधका कारणमात्र उनलाई प्रहरीले छाडेको छ।