काठमाडौं । कृषिजन्य बालीमा किरा लागेर के दुख पाइराख्नु भएको छ । यदि साच्चै पीडित हुनु हुनन्छ घने कतै जानु पर्दैन । आत्तिनु पर्दैन । आफ्नै घरमा बसी बसी बच्न सकिन्छ । यसकालागि ठूलो पैशा पनि खर्च गर्नु पर्दैन् । यसरी कम लगानीमा किराबाट उन्मुक्ति पाउन सकिन्छ ।
क) साग वा काउली खेति गरिने क्षेत्र ओरिपोरी धेरै नेक्टर (फूल रस) निकाल्ने बिरुवा रोप्ने जसको कारण चरा, स्त्री स्वभावको खपटे किरा, जयखभचाष्भिक, धबकउ लाई आकर्षित गर्दछन र तिनीहरुले लाहीलाई खाने गर्दछ।
ख)तोरी र सर्स्यु लाहीको प्रमुख बासस्थान भएको हुदा ओरिपोरी यसको खेति नगर्दा राम्रो हुन्छ
ग)धेरै मात्रामा नाइट्रोजन मा आधारित मल प्रयोग नगर्नुस जस्ले पातको संख्या बढाउने कार्य गर्छ र बिस्तारै चभभिबकभ हुने मल र प्रांगारिक मल को प्रयोग गर्नुस
घ)लाहीको सक्रमण ज्यादा भएको भागलाई काटी फाली दिनुस
ङ) साबुन पानी, कडा रुपमा स्प्रे गन ले समेत लाही लाई पखाल्न सक्दा छ तसर्थ यिनी हरुको प्रयोग गर्नुस
च)गाइको गहुत १ भाग, साबुन पानी १ भाग, खुर्सानी १ भाग गरि मिसाउने र १० भाग पानी मा पुन स् मिसाएर छर्न सकिन्छ ।
छ) लाहीलाई प्याज, लसुन, सयपत्रीको गन्ध मन नपर्ने हुदा खेति ओरिपोरी यो लगाउनाले लाहिलाइ नियन्त्रण गर्न सकिन्छ ।