नेपालका कम्युनिष्ट वामपन्थी हैनन्-कांग्रेस

आजभोलि

काठमाडौं । नेपाली कांग्रेसको जारी महासमिति बैठकमा ५ ओटा फरक फरक दस्तावेजहरु प्रस्तुत भएका छन् । यो पटक कांग्रेसले कम्युनिष्ट, मधेशी तथा अन्य राजनीतिक पार्टीलाई हेर्ने दृष्टिकोण पनि सार्वजनिक गरेको छ । उसले नेपालका कम्युनिष्ट वामपन्थी नभएको जनाएको छ ।

कांग्रेसले आफ्ना राजनीतिक दस्तावेजमा कम्युनिष्ट र साम्यवादीजस्ता शब्दको मात्रै प्रयोग गरेको छ । यस विषयमा प्रवक्ता विश्वप्रकाश शर्माले भन्नुभयो, नेपालका कम्युनिष्टहरु वामपन्थी होइनन् । यसैगरी, दाङका महासमिति सदस्य एवं पूर्व सांसद बुद्धिराम भण्डारीले नेपालका कम्युनिष्टले माक्र्सवाद र लेलिनवाद छोडिसकेका छन्, त्यसैले उनीहरु कम्युनिष्ट र वामपन्थी पनि नभएको टिप्पणी गरेका छन् ।

वैदिक सनातन हिन्दुराष्ट्र निर्माणका लागि भन्दै महासमितिको बैठक बाहिर हिन्दु राष्ट्रको पक्षमा हस्ताक्षर अभियान सञ्चालन गरिएको छ । हस्ताक्षर अभियानमा साथ दिनेहरुमा पूर्व सभामुख तारानाथ रानाभाटदेखि केन्द्रीय समितिका नेताहरुसमेतको नाम उल्लेख छ ।

महासमिति सदस्य राजुराज जोशीले हिन्दु राष्ट्रको पक्षमा करिब साढे पाँच सय महासमिति सदस्यले हस्ताक्षर गर्नुभएको जानकारी दिनुभयो । हिन्दु राष्ट्रको पक्षमा जनमत सङ्ग्रह हुनुपर्ने व्यवस्था कांग्रेसको दस्तावेजमा गराउने उद्देश्यले हस्ताक्षर चलाइएको हो । प्रवक्ता विश्वप्रकाश शर्माले महासमिति सदस्यले आफूलाई लागेका विचार लिखित–मौखिक, सानो वा ठूलो स्वरले राख्नुपाउनु हुन्छ भन्नुभयो ।

सरकारसँगको सम्बन्धको मूल आधारमा कांग्रेसले दुईवटा बुँदा उल्लेख गरेको छ । पहिलो, संविधानको सफल कार्यान्वयनका लागि सरकारको इमान्दारीपूर्ण प्रतिबद्धता तथा लोकतान्त्रिक चरित्र, शैली र व्यवहारको अपेक्षा गरिएको छ । दोस्रो, देशको समृद्धि, राष्ट्रिय स्वाधीनता र स्वाभिमानको अभिवृद्धिका लागि परिपक्व, जिम्मेवार र गम्भीर भूमिका हुनुपर्ने ।

उपसभापति विमलेन्द्र निधिले पेश गर्नुभएको ‘राजनीतिक प्रस्ताव’ मा सरकार अधिनायकवादतर्फ उन्मुख भएको १० वटा आधार उल्लेख गरिएको छ । जसमा राष्ट्रिय स्वाभिमान गिराउने कार्य, संघीयताप्रति उदासीन, संविधानप्रति अपनत्व विस्तारमा अवरोध, प्रधानमन्त्री कार्यालयमा शक्ति केन्द्रीकरण, प्राज्ञिक क्षेत्रमा हस्तक्षेप बुद्धिजीवीमाथिको मानमर्दन, सञ्चारमाध्यममा हस्तक्षेप र नियन्त्रण तथा स्वतन्त्र न्यायलयमाथि ठाडो हस्तक्षेप रहेका छन् ।

  • २ पुष २०७५, सोमबार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !