कृष्ण प्रसाद सुवेदी
एक गाउँमा एउटा लोभी बस्दथे । उनी लोभी थिए । उनलाई कञ्जुस भनेर सबैले चिन्दथे । लोभीको नामको यश चारै तिर फैलिएको थियो । यसैमा उनी दंग थिए ।
सायद समयले साथ दिएन होला । उनको कञ्जुस्याँईको कृती विस्तारै हराउँदै थियो । उनी चिन्तित् भए । उनलई माथ दिने गरी एक महालोभी अर्को गाउँमा देखापर्यो । उक्त महालोभीको बारेमा गाउँघरमा चर्चा परिचर्चा हुनथाल्यो । लोभीलाइ असह्य भयो । महालोभी के कारणले चर्चाको शिखरमा रह्यो भन्ने जान्ने उत्सुक्ता भयो ।
लोभी महालोभीलाई भेट्न हिंडे । उपहार के लाने भन्ने भयो। महालोभीलाई उपहार दिनको लागी दुइवटा खरबुजाको चित्र बनाएर बोके । महालोभीको घरमा पुगे । ढोकामा ढकढक गरे । छोराले ढोका खोल्यो । महालोभी घरमा थिएनन् । दुई(तिन दिन पछी मात्रै फर्किने गरी गएको थाहा पाए । के गर्ने भन्दै दोधार भए । साथीलाई भेट्न नपाए पनि बोकेको उपहार सानो बालकलाई दिए र पछी आउने बताए । बालकले खाली हात जानु हुदैन भन्दै घर भित्र बोलाए । हावामा एउटा आँपको चित्र बनाएर लोभीको झोलामा राखी दिए र उनलाई विदा गरे ।
केही दिन पछी महालोभी घरमा आईपुगे । छोराले सबै घटना सुनायो । आफूले हावामा आँपको चित्र बनाएर दिएको बताए । महालोभी छोरासँग रिसाए । म नभएको बेला यसरी अरुलाई उपहार दिए यो सम्पत्ती कहिले सम्म टिक्छ भन्दै फतफताए । दिनै पर्ने भए पनि तेत्रो ठूलो आँप किन दिएको । सानो बनाएर दिनु पर्दैन भन्दै कड्किए।
यसमा के को चिन्ता ? बाबा ! अब हाम्रो खैरात छैन ! हामी भन्दा महालोभी नेपालमा धेरै भएछन् छोराले भने । बाबा छक्क पर्दै हैन के भन्छ यो भने !? नेपालका घर भएका धेरै सांसदहरुले घर छैन भन्दै घर भाडा लिएछन् । गरिब जनताको कमाइमा मस्ती गरेछन् । मै लै आँपको चित्र बनाएर पाहुनालाइ विदा गरे । तर यी सांसदले गरिब जनताको श्रम र पसिना खान्छन । तर केही दिदैनन् रे । यि कस्ता सांसद हुन ? हेर्न नेपाल जाउन बाबा !!! महालोभीका छोराले भने ।