पञ्चायतका जननी पूर्वप्रधानमन्त्री गिरीको निधनः कम उमेरका प्रधानमन्त्री

आजभोलि

काठमाडौं । पूर्वप्रधानमन्त्री तुलसी गिरीको मंगलबार बिान निधन भएको छ । उनको आफ्नै निवास बुढानिलकण्ठमा निधन भएको परिवार श्रोतले जनाएको छ । उनको ९३ वर्षको उमेर निधन भएको हो ।

उनलाई कलेजोको क्यान्सर लगाएतका अरु रोगहरुले ग्रसित बनाएको परिवारले जनाएको छ । पछिल्लो पटक उपचारका लागि मेडिसिटीमा उपचार भएको थियो । तर सुधार हुन नसकेपछि घर ल्याइएको थियो ।

उनी २०१९ सालमा मन्त्रीपरिषद्को उपाध्यक्ष तथा राजदरबार सम्बन्धी मन्त्री भएका थिए । र, माघ १८ पछि राजा ज्ञानेन्द्र शाहको नेतृत्वमा उपाध्यक्ष समेत भएको थिए ।

तुल्सी गिरी राजाले शासन सत्ता हातमा लिएका बखत पटक पटक प्रधानमन्त्री बनाइएका व्यक्ति हुन्। २०१७ सालमा राजाले जन निर्वाचित संसद र सरकारलाई भङ्ग गरी पञ्चायती व्यवस्था लादेपछि यिनी फर्स्ट मिनिस्टर हुँदै मन्त्रीपरिषदको उपाध्यक्ष बनाइएका थिए। पछि यिनी प्रधानमन्त्री पनि बनाइए।

उनी नेपाली कांग्रेसको एकमना सरकारमा परराष्ट्र मन्त्री थिए। राजा ज्ञानेन्द्रले २०६१ माघ १९ मा देशको शासन सत्ता हातमा लिएर प्रत्यक्ष शासन शुरु गरेपछी यिनी पुनः मन्त्रीपरिषदको उपाध्यक्ष बनाइए।

उनी नेपालमा पन्चायत ब्यबस्थाको जननीू मनिन्छन् र सबैभन्दा कम उमेरमा प्रधानमन्त्री हुने ब्यक्ति पनि हुन् । उनी लामो समय देखि बिदेशमा बस्दै आएका थिए, नेपालमा माघ १९ गतेको राजनीतिक घटना पछि नेपाल आएका हुन् ।

उनीले हिन्दू धर्म परिवर्तन गरी २०३६ सालमा श्रीलंका बस्दै आएका थिए ।

नेपाली कांग्रेसको राजनीतिमा सक्रय गिरी २०१७ सालपछि पञ्चायतमा लागेर राजनीतिमा सक्रिय रहेका थिए ।

गिरीका २ छोरा र २ छोरी रहेको परिवारिक श्रोतले जनाएको छ । उनको अन्तिम श्रद्धाञ्जलीका लागि मंगलवार दिनभरी उनकै निवासमा राखिनेछ ।

  • ३ पुष २०७५, मंगलवार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !