काठमाडौं । नेपाली कांग्रेसको महासमितिको बैठकमा हिन्दू राष्ट्रका लागि माग उठेको छ । सहभागी मध्ये ८ सय भन्दा बढीले हस्ताक्षर गरेको आयोजकले जनाएको छ । लगभग १५ सय महासमिति सदस्य मध्ये आधाभन्दा बढी हिन्दूराज्यको माग सहित हस्ताक्षर गरेको केन्द्रीय सदस्य शंकर भण्डारीले जानकारी दिए ।
महामन्त्री शंशांक कोइरालादारा पेश गरिएको नेपाली कांग्रेको सांगठनिकप्रतिवेदन भने हिन्दूराज्यको बारेमा मौन बसेको छ । कतै पनि हिन्दूराज्यको बारेमा उल्लेख गरिएको छैन् । यसले गर्दा माग कमजोर भएको जनाइएको छ ।
महामन्त्री कोइरालाले कार्यक्रमहरुमा हिन्दूराज्यको बारेमा कुरा गर्दै आइरहेका छन् । उनले अन्तरवार्ता र पार्टीका कार्यक्रममा हिन्दूराज्यको पक्षमा बोल्दै आइरहेका छन् ।
महासमिति बैठक भित्र पनि हिन्दूराज्यको माग उठी रहेको छ । तर नेतृत्व मौन रहेकाले जबरजस्त मुद्दा बन्ने अवस्था छैन् । र, यही महासमितिबाट पारित हुने अवस्था नरहेको जनाइएको छ ।
हस्ताक्षर सहित हिन्दूराज्यको माग मंगलबार शेर बहादुर देउवालाई बुझाउने कार्यक्रम रहेको केन्द्रीय सदस्य शंकर भण्डारीले जानकारी दिए।