भट्टराईको ओली-प्रचण्डलाई प्रश्नः दिगम्बरलाई नियुक्ति सही भए, लोकमान बिरुद्धको महाअभियोग गलत थियो त ?

आजभोलि

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को स्थायी कमिटिको बैठकमा नेतृत्वको चर्को आलोचना भएको छ । अध्यक्षद्वयको कार्यशैली निरंकुशता तथा मनलाग्दी रहेको भन्दै अधिकांश केन्द्रीय नेताहरुले आलोचना गरेका छन् ।

नेतृत्वको तथा नीतिको आलोचना गर्दै स्थायी समिति सदस्य योगश भट्टराईले सरकारले दिगम्बर झालाई नियुक्ति गरेर गल्ति गरेको जनाएका छन् । विवादस्पद छबि भएको झालाई नियुक्ति गरेर सरकारले भ्रष्टाचार कम गर्ने प्रतिबद्धतामाथि नै गम्भिर प्रश्न उठेको जनाए ।

उनले बैठकमा दिगम्बर झाजस्तालाई नियुक्ति दिने कार्य सही भए के हामीले विगतमा अख्तियार प्रमुख लोकमानसिंह कार्की बिरुद्ध लगाएको महाअभियोग गल्ति थियो त ? भनेर अध्यक्षलाई प्रतिप्रश्न गरेको श्रोतले जनाएको छ । उनले भ्रष्टाचार कम गर्ने तथा नियन्त्रण गर्न सरकार चुकेको समेत आरोप लगाएका थिए ।

उनले पार्टी अध्यक्षद्वय पेश गरेको प्रतिवेदन औचित्यहीन भएको जनाए । वैचारिक भन्दा पनि मनोगत बढी भएकाले प्रतिवेदन पुर्नलेखनको माग समेत गरे । उनले पार्टी एकिकरण भएपछि वैचारिक विचलन आएको समेत आरोप लगाए ।

पार्टी एकिकरण हुनुभन्दा पहिले भएको सहमति विपरित अध्यक्षले मनलाग्दी निर्णय तथा संरचना खडा गरेको समेत आरोप लगाए ।

अर्का स्थायी सदस्य भीम रावलले पनि लिखित रुपमा असहमतिपत्र पेश गरेका थिए । उनले आफ्नो लिखित पत्रमा पार्टी अभ्ध्यक्षले आफू अनुकुल चलाएको आरोप लगाएका छन् । एकिकरण हुँदा सचिवालयको कुनै व्यवस्था नभएपनि पछि सचिवालय गठन गरी निर्णय गर्ने गरेको भन्दै निर्णय सच्चाउन माग गरेका थिए ।

अध्यक्षद्वयको आलोचना बामदेव गौतम, धनश्याम भुषाल तथा अन्य अधिकांश सदस्यले गरेका छन् ।

File Photo

  • ४ पुष २०७५, बुधबार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !