अर्जुन भुसाल
प्ुष ४,काठमाडौं
महानगरिय प्रहरी परिसरले काठमाडौं उपत्यका भित्र चोरी तथा लुटपाटमा संलग्न ७७ जनालाई प्रकाउ गरेको छ । जसमा ४ महिला र अन्य पुरुषहरु रहेका छन् ।
महानगरिय प्रहरी परिसर र नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघको सहकार्यमा सञ्चालित ुयातायात सुरक्षा साझा अभियानु अन्तर्गत पछिल्लो १५ दिनमा काठामाडौंका विभिन्न सार्वजनिक यातायात, सार्वजनिक स्थल, घर तथा आवासहरुमा पकेटमार, लुटपाट तथा चोरीमा संलग्न ७७ जनालाई नै कारवाहिको प्रकिया अगाडी बढाईएको एस. एस. पी बसन्त लामाले जानकारी दिए ।
सार्वजनिक बसहरुमा २।२ जनाको दरले ६ जना सम्मको समूह बनाई बसभित्र छिर्ने र पैसा भएको यात्रु पत्ता लगाएर अगाडी पछाडीबाट घेराबन्दिमा पारी ठेलमठेलको अवस्था सृजना गरेर साङ्केतिक भाषाको प्रयोग गर्दै मौका छोपी मोवाईल, नगद, गरगहना चोरी गरेर पालैपालो ओर्लीएर भाग्ने गरेको प्रहरीले जनाए ।
यसअघि नै चोरीका नाईके जङ्गे र पूर्णबहादुर १८ र १० पटक पक्राउ परीसकेका थिए ।
पकेटमारले प्रयोग गर्ने साङ्केतिक भाषाहरु ः
पैसा – द
मोवाईल – कान
पोटमार पिडित – रामे
पाकेटमारी गर्ने (मास्टर) – काशी
पैसा धेरै छ – टानको द
पैसा थोरै छ – जुटको द
गाडी – कांचा
केटा – छापा
केटी – भद्रि पुलिस आयो ठल्लादाई आयो
ड्राईभर – माम
खलासी – माले
गाडिबाट झरेर भाग – टप्की
गाडीभित्र अगाडी सर – अकल जा
गाडीभित्र पछाडी सर – चिछल जा
पकेटमार गरेर पक्राउ पर्नेहरुबाट बरामत गरीएको ५ लाख ९६ हजार पिडितलाई आवस्यकता र व्यवहारीताको आधारका फिर्ता गरीसकिएको छ । बरामत गरीएको १ लाख ६० हजार ७०० रुपैयाँ भने चोरी मुद्दा चलाई अदालतमा प्रमाण्ति गरी फिर्ता गर्ने क्रममा रहेको जानकारी दिदै एस. एस. पी लामाले थपे दाङको घोराहिमा बस्ने धनीराम रोका मगरको न्युरोडबाट लुटिएको १ लाख ९ हजार पकेट मार्दा मार्दै प्रहरीले पक्राउ गरी फिर्ता गरेको छ ।
पक्राउ परेकाहरुको साथबाट प्रहरीले ३९ थान मोवाईल, ४ थान आईप्याड, ५ थान ल्यापटप र सुनचाँदीका गरगहना नक्कली पेस्तोल, ताल्चा फुटाउन प्रयोग गरीने फलामका सामाग्री, चक्कु लगायतका सामाग्रीहरु बरामत गरी आवश्यकता अनुसार अनुसन्धान भईरहेको एस. एस. पी लामाले जानकारी दिए ।
के छ त पाकेटमारको कानुन ?
पहिलोपटक पाकेट मार्नेलाई एक महिना जेल सजाय र विगो बरावरको जरीवाना, दास्रोपटक पाकेट मारेको पाईएमा २ महिना जेल र विगो बरावरको जरीवाना अथवा दुबै सजाय हुन सक्ने कानुनी प्रावधान रहेको छ ।