जब मोबाइल फोन आयो । यसले टेलिफोन खायो । रेडियो खायो । क्यासेट प्लेयर खायो । टेलिभिजन खायो । क्याल्कुलेटर खायो । हाते घडी खायो । टर्च लाइट खायो । क्यामेरा खायो । चिट्ठी –पत्र खायो । क्यालेन्डर खायो । आउटडोर–गेम खायो । दोस्ती–मित्रता खायो । हिंडडुल खायो । जाँगर खायो । तन्दुरस्ती खायो । पुस्तक खायो । पढार्इ खायो । स्मरण शक्ति खायो । सृजनशिलता खायो । श्रीमानश्रीमती बीचको भलाकुसारी खायो । परिवारका सदस्यको गफगाफ खायो । खर्च खायो । महिनावारी तलब खायो । इस्टमित्र खायो । मलामी खायो । समय खायो । संबेदनशिलता नै खायो । मोबाइल फोनले सबैलाई खायो र स्मार्ट भयो ।
हुँदाहुँदै मोबाइलले यसैलाइ खिचखिच चलाउने औंलालाई खाँदैछ । आँखाको ज्योती खाँदैछ । कानमा ठेस्ने गट्टाले श्रवण शत्तिलार्इ खाँदैछ । क्रमशः मानिसको विवेककालार्इ खाँदैछ । अन्ततः मान्छेलाइ नै खाँदैछ । मान्छे बचाउने हो, इन्सानियत जोगाउने हो भने मोबाइललार्इ तारले बाँध्न ढिला भएन र ? तारले बाँधिञ्जेल फोनले यति उपद्रो मच्चाएको थिएन । जब टेलिफोनलार्इ तारले बाँध्न छोडियो । छाडा बनाइयो अनि मोबाइल फोन भयो । मोबाइल फोनलार्इ स्मार्ट फोन भनियो । भविश्यमा स्मार्ट फोनलाइ खाने सुपर स्मार्ट फोन आउला । यसले अरु के–केलार्इ खानेछ ? हेर्दै जाउँ ।
तर गाँठी कुरो के हो भने मोबाइल फोनको कुनै दोश छैन । बरु यसलार्इ चलाउनेको होस छैन ।