कालीकोटको पलाता गाउँपालिकामा भिषण आगलागी

आजभोलि

कालीकोट पलाता गाउँपालिका खाडास्थित न्यौपानेबस्तीमा विहान भिषण आगलागी भएको छ । आगलागीका कारणा अधिकांश घर जलेर नष्ट भएका छन् ।

विहान २ बजेतिरबाट लागेको आगो अझै नियन्त्रणमा आउन सकेको छैन । खरले छाएका घरहरु मात्र भएकाले आगोले बढी क्षति पुर्याएको बताइएको छ । बस्तीका ८७ घर जलिसकेको बताइएको छ । 

क्षतिको पूर्ण विवरण आउन सकेको छैन । आगो नियन्त्रणमा लिन जिल्ला प्रहरी कार्यालय कालिकोटले सुरक्षाकर्मीको टोली घटनास्थल पुगेका छन् । सदरमुकामबाट घटनास्थल टाढा रहेका कारण उद्दार टोली ढिलो पुगेको हो ।

नजिकको प्रहरी कार्यालयबाट पनि न्यौपाने बस्ती पुग्न चार घण्टा पैदल हिँड्नुपर्छ । जिल्ला सदरमुकामबाट ३२ कोसको दूरीमा पर्ने उक्त बस्तीमा स्थानीयबासीलाई उद्धार तथा राहतका लागि इलाका प्रहरी कार्यालय थिर्पु र पचालझरना गाउँपालिकाको जारकोट इलाका प्रहरी चौकीबाट त्यहाँ प्रहरी खटाइएको छ । त्यस क्षेत्रमा गएरातिदेखि नै टेलिफोन सम्पर्क राम्रो नभएका कारण घटनाको यकीन विवरण आउन कठिन भएको छ ।

रातिदेखि नै आगलागी शुरु भए पनि प्रहरीलाई त्यहाँ पुग्न चार ढिलाइ हुँदा क्षति बढी भएकाे हाे । क्षतिको यकिन विवरण आउन अझै केही समय लाग्ने प्रमुख जिल्ला अधिकारी चन्द्रबहादुर कार्कीले जानकारी दिए । सदरमुकामबाट पीडितलाई उद्धार गर्न सशस्त्र प्रहरी पनि खटाइएको उनले बताए ।

  • ९ पुष २०७५, सोमबार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !