काठमाडौं । नेपाली कांग्रेसले पारित गरेको नयाँ विधानले पार्टी अझ समावेशी बनाएको छ । मनोनीति गरिने सबै पदाधिकारीलाई निर्वाचित हुने व्यवस्था गरेको छ । कोषाध्यक्ष बाहेकका सबै पदाधिकारीहरु निर्वाचित हुनु पर्ने बाध्यात्मक व्यवस्था गरिएको छ ।
समावेशीमा ८ ओटा सहमहामन्त्री निर्वाचित हुने व्यवपस्था पनि गरिएको छ । त्यस्तै २ उपसभापति, २ महामन्त्री पनि निर्वाचित हुने व्यवस्था गरिएको छ ।
प्रत्येक प्रदेशबाट ३ जना केन्दीय सदस्य निर्वाचित हुने व्यवस्थासमेत गरिएको छ । अन्य समावेशी कलष्टबाट पनि निर्वाचित हुने व्यवस्था गरिएको छ । पार्टी सभपतिले ३३ जना मनोनित गर्ने व्यवस्थाको पनि सुनिश्चित गरिएको छ ।
महासमितिबाट पारित गरिएको पार्टीको नयाँ संरचना यस्तो छ ।
(१) सभापति -१ निर्वाचित
(२) उप-सभापति -२ निर्वाचित
(३) महामन्त्री -२ निर्वाचित
(४) सह-महामन्त्री -८ निर्वाचित -( संविधानले तोकेको शुचि अनुसार समावेशी )
(५) कोषाध्यक्ष -१ (निर्वाचित सदस्यहरूबाट -सभापतिले मनोनीत गर्ने )(६) खुल्ला सदस्य -३५ निर्वाचित
(७) प्रदेश बाट -७×३=२१ (कम्तीमा १ महिला सहित )
(८) महिला – ९
(९) समानुपातिक समावेशी -५६
(१०) खस अार्य -१३ – महिला -६- पुरूष –
(११) अादिवासि जनजाति -१५- महिला -७ -पुरूष – ८
(१२) मधेसी -९ महिला -४ पुरूष -५
(१३) दलित -९ महिला ४-पुरूष -५
(१४) थारू -४ – महिला -२- पुरूष – २
(१५) मुसलमान -३ – महिला -१- पुरूष -२
(१६) अपांग -१
(१७) अल्पसंख्यक -१
(१८) पिछडिएको क्षेत्र -१
(१९) सभापति बाट मनोनीत -३३ (कुल समितिको २०%)