धरहरा पुनर्निर्माणको औपचारिक शिलान्यास हुँदैछ

आजभोलि

काठमाडौं । धरहरा पुनर्निर्माणको आज औपचारिक शिलान्यास हुँदैछ। २०७२ वैशाख १२ गते गएको विनाशकारी भुकम्पले धरहरा ढलेको थियो ।

धरहरा पुनर्निर्माणको काम महिना दिनअघिबाट नै शुरू भएको हो । यद्यपी यसको अौपचारीक शिलान्यास प्रधानमन्त्री केपी शर्मा ओलीले आज गर्ने छन्।

बिहान ११ बजे प्रधानमन्त्री ओलीले शिलान्यास गर्ने कार्यक्रम तय भएको प्रधानमन्त्री कार्यालय जनाएको छ।

प्रधानमन्त्री ओलीले फागुन ४ २०७२ मा ‘म बनाउँछु मेरो धरहरा’ अभियानअन्तर्गत आफ्नो एक महिनाको तलब धरहरा पुनर्निर्माणका लागि उपलब्ध गराएका थिए।

राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले धरहरा पुनर्निर्माण गर्न लागेको हो। ६ रोपनी क्षेत्रफलमा रहेको भीमसेन थापाकालीन धरहरा भत्किएपछि हुलाक र टक्सार विभागसहितको ४२ रोपनी जग्गामा आधुनिक धरहरा निर्माण गर्न लागिएको हो।

पुनर्निर्माण प्राधिकरणले जीआईईटीसी–रमन जेभीलाई धरहरा पुनर्निर्माणको जिम्मा दिएको छ। कम्पनीले अहिले धरहरा परिसरलाई कम्पाउन्डिङ गर्ने र ठुटो धरहरालाई संरक्षण गर्ने काम गरेकाे छ।

धरहरा पुनर्निर्माणमा करिब साढे ३ अर्ब रुपैयाँ खर्च हुने अनुमान गरिएको छ। नयाँ बन्ने धरहरा ११ तलाको हुने छ। बाहिरबाट ११ तलाको देखिने धरहराको भित्री संरचना भने २२ तलाको हुने प्राधिकरणले जनाएको छ।

नयाँ बन्ने धरहराको उचाइ १ सय ४५ फिटको हुनेछ। अपाङमैत्री धरहरामा वृद्धवृद्धाको लागि छुट्टै व्यवस्था गरिने भएको छ। दुई वटा लिफ्ट सहितको नयाँ संरचनामा ८ जनालाई चढ्ने र ८ जनालाई ओराल्ने व्यवस्था हुनेछ।

नयाँ धरहरा पुरानो धरहराबाट १० मिटर पूर्वतर्फ पहिलेकै जस्तो ढाँचामा नयाँ निर्माण गरिने छ। गजुरसहित नयाँ धरहराको उँचाई करिब ७७ मिटरको हुने छ। पुनर्निर्माण हुने धरहराको स्वरूप क्षतिग्रस्त धरहराको जस्तै हुने प्राधिकरणले जनाएको छ।

  • १२ पुष २०७५, बिहीबार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !