चित्र माया (बिमला) श्रेष्ठ
काँकरभिट्टाको मेचीनगर–६ स्थित भानु टोलमा आगलागी हुँदा करिब दुइ दर्जन घर जलेर पूर्ण रुपमा नष्ट भएको छ।
साठी बिघास्थित पशु बधशाला छेउकै बस्तीमा रातीको ८ बजे आगो लागेको करिब १ घण्टापछि नियन्त्रण भएको इलाका प्रहरी कार्यालय काँकरभिट्टाले बताएका छन।
आगलागी हुदा करिब २० वटा पसल जलेका छन भने अन्य केही घरमा क्षती पुगेको छ । मेचिनगर, भद्रपुर र विर्तामोडका ३ वटा वारुण यन्त्र, प्रहरी र स्थानीयहरुको प्रयासले गर्दा आगो नियन्त्रण भएको छ।
ग्यासको सिलिण्डर पड्किएर आगलागी भएको स्थानीयहरुले बताए आगलागीको वास्तविक कारण खुल्न सकेको छैन ।
आगलागी भएको ठाउमा फुसका छाना भएकाले आगो चाँडै सल्किएको र मेचिनगरमा एउटा मात्र दमकल भएकाले गर्दा आगो नियन्त्रण गर्नमा भने समस्या आएको प्रहरीले बताए।आगलागीबाट मानवीय क्षति भने नभएको र उक्त क्षेत्र काकडभिट्टाको बधशालारहेका छन।
फुसका घरहरु भएकैले गर्दा आगो छिट्टो फैलिएको थियो। आगलागीले २ दर्जन भन्दा बढी घरहरु जलेर खरानी भएका छन् ।अकस्मत आगलागीले गर्दा कसैले पनि आफ्ना घरभित्रका बहुमुल्य सामानहरु बाहिर निकाल्न नपाएको बताएका छन।