अर्जुन भुसाल ,काठमाडाैँ
पत्रकार शिवहरी घिमिरेकाे पहिलाे पुस्तक ‘हाेचाे ढाेका’ विमाेचन भएकाे छ। अाज राजधानीमा कार्यक्रम गरी पूर्व उपप्रधान मन्त्री टाेपबहादुर रायमाझीकाे प्रमुख अातिथ्यमा उक्त पुस्तक विमाेचन गरिएकाे हाे।
होचो ढोका परम्परित मिथक र संस्कृतिको खोजमूलक कथा समाज संस्कृतिभित्र लुकेको तिनै परम्परित कथाहरु बुझन र सधाउ पु¥याउँछ । यस पुस्तक भित्र लुकेका संस्कृतिक पक्षको झझल्को र देशका विभिन्न ठाँउका कथाकुथुङग्रीको समिक्ष्ण छ । पुस्तक भित्र संस्कृति जगाउने , अनौंठा र बिस्मृत रहेका कला संस्कृति अटेका र नयाँ पुस्ताले सहजै बुझने गरी ट्वाक्क –ट्वाक्क मिठो शैलीमा लेखम शिवहरि घिमिरे वताए । होचो ढोकाका ६७ कथा छन । मुख्य होचो ढोका कथा भएपनि यस भित्र खर्पन संस्कृति , नृसिहं अवतार , कपाल काटदा आयु धट्छ जस्ता अनैठा कथा संग्रह छन ।
विशेष अतिथि डा. गाेविन्द टण्डनले लेखक घिमिरेलार्इ बधार्इ तथा शुभकामना दिँदै देशमा रहेकाे माैलिक कला, सँकृति, परम्परा हराउँदै गएकाे अवस्थामा पुस्तकले हाम्राे सम्पुर्ण साँस्कृतिक धराेहरलार्इ संरक्षण र विकास गर्न महत्वपूर्ण भुमीका खेल्ने बताए।उनले भने ,” काठमाडाैँ खाल्डाे लगायत विभिन्न ठाउँ,परिवेश,सामाजिक रीतितिथि,चालचलन, साँस्कृतिक परम्परा,प्रसङ्ग अादिलार्इ सेराेफेराे बनाएर लेखिएकाे यस पुस्तकले हाम्राे इतिहासलार्इ समेत झल्काएकाे छ।”
प्रमुख अतिथि टाेपबहादुर रायमाझीले भने,” हाम्राे कला, सँस्कृति जस्तै राजा, महाराजा, शिक्षा, स्वास्थ्य, राष्ट्र, राष्ट्रियता सबैकाे इतिहास हुन्छ। यी सबै विषयमा पत्रकार शिवहरी घिमिरेले जस्तै खाेजमुलक अनुसन्धान गरी तथ्यगत रूपमा नै नयाँ कुरा अाम नागरिकलार्इ पस्कन सबै सञ्चारकर्मीलार्इ अाग्रह गर्छु।” कार्यक्रममा शताब्दीपुरूष तथा सँस्कृतिविद सत्यमाेहन जाेशीले पत्रकार शिवहरी घिमिरेले अाम परम्परा र सँस्कृतिलार्इ छानेर सही रूपमा सम्प्रेषण गरेकाे भन्दै यस्ताे कृति पर्यटन विकासकाे लागि महत्वपूर्ण रहेकाे बताए।
कार्यक्रममा अतिथिका रूपमा सुनिल थापा, ऋचा शर्मा अादि व्यक्तित्वहरूकाे पनि उपस्थिति रहेकाे थियाे।