काठमाडौं। प्रधानसेनापति पूर्णचन्द्र थापालाई भारतीय सेनाको मानार्थ महारथी सम्मान प्रदान गरिने भएको छ । सो सम्मान ग्रहण गर्न प्रधानसेनापति थापा यही पुस २७ गते भारत भ्रमणमा जाँदै छन् ।
भारतका राष्ट्रपति रामनाथ कोविन्दले नयाँ दिल्लीस्थित राष्ट्रपति कार्यालयमा प्रधानसेनापति थापालाई यही पुस २८ गते भारतीय सेनाको मानार्थ महारथी सम्मान प्रदान गर्नुका साथै दज्र्यानी चिह्नले सुशोभन गर्ने कार्यक्रम रहेको नेपाली सेनाले जानकारी दिएको छ ।
भारतमा रहँदा प्रधानसेनापति थापाले रक्षामन्त्री निर्मला सीतारमन, प्रधानमन्त्रीका राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभल, वायु सेना प्रमुख वीरेन्द्रसिंह धनवा र नेभी (जल) सेना प्रमुख सुनिल लान्वासँग शिष्टाचार भेट गर्नुहुने कार्यक्रम छ । पाँच दिने भारत भ्रमण पूरा गरी यही माघ २ गते स्वदेश फिर्ता हुने कार्यक्रम रहेको छ ।
नेपाल–भारतीय सेनाबीच करीव सात दशक अघिदेखि एक देशले अर्को देशको सेना प्रमुखलाई मानार्थ महारथीको सम्मान प्रदान गर्ने गरेको इतिहास रहेको छ । सन् १९४५ पछि नेपाल भ्रमणमा आएका तत्कालिन विट्रिस इन्डिया सेनाका जनरल ९सेनापति० लाई नेपालका तत्कालीन राणा प्रधानमन्त्री जुद्धशमशेरले मानार्थ महारथी सम्मान प्रदान गर्नुभएको थियो ।