सर्लाहीमा रोकिएन जंगली हात्तीको आतंक

आजभोलि

सर्लाही । जंगली हात्तीले सर्लाहीको लालबन्दी नगरपालिका–३ जब्दीमा एउटा घर भत्काएको छ । बिहान ३ बजे देखा परेको हात्तीले स्थानीय नरेश पासवानको घर भत्काएको हो । 

जंगली हात्तीले घरभित्र राखिएको अन्नपात समेत खाएको स्थानी अर्जुन चौधरीले जानकारी दिए ।

रानीगंजहुँदै जब्दीतर्फ पुगेको हात्तीले बाटोमा के कति क्षति गर्यो भन्ने विवरण प्राप्त हुन बाँकी छ । ईश्वरपुर नगरपालिकाको सागरनाथ, गौरीशंकरलगायतका क्षेत्रमा आतंक मच्चाइरहेको जंगली हात्ती राती अचानक लालबन्दी नगरपालिकामा प्रवेश गरेको हो । 

तीन ओटाको संख्यामा रहेका हात्तीले हिरापुर, रानीगञ्जहुँदै केही समयअघि गौरीशंकरतर्फ पुगेको थियो । सर्लाहीमा यसरी जंगली हात्ती देखा परेको महिना दिनभन्दा बढी भैसकेपनि नियन्त्रणको प्रयास नभएको भन्दै सर्वसाधारणले गुनासो गरेका छन् । 

हात्तीले घर भत्काएका र अन्नबाली नष्ट गरेका पीडितले क्षतिपूर्ति समेत पाउन सकेका छैनन् । डिभिजन वन कार्यालयले समूहमा रहेको हात्तीलाई नियन्त्रणमा लिन समस्या हुने जनाएको छ । 

एक महिना अगाडि यिनै हात्तीले रानीगंजका मिनबहादुर कार्की इश्वरी पौडेल लगाएकाको घरमा क्षतिपुर्याएको थियो ।

  • २४ पुष २०७५, मंगलवार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !