गाउँपालिकाले निर्णय गर्यो ‘मर्यादित छाउपडी वर्ष २०७५’

आजभोलि

अमरगढी । डडेल्धुराको भागेश्वर गाउँपालिकाले २०७५ साललाई ‘मर्यादित छाउपडी वर्ष २०७५’ मनाउने घोषणा गरेको छ । यस्तो घोषणा गाउँसभाबाट गरिएको हो ।

छाउपडी प्रथाको अन्त्यका लागि ‘मर्यादित छुई वर्ष अभियान’ थालिएको गाउँपालिकाका अध्यक्ष कौशीला भट्टले बताइन्। 

देउता रिसाउने डरले छाउपडी भएका महिला घरभन्दा बाहिर छाउगोठमा बस्ने र छाउपडी भएका बेला दूध, दही, घ्यूलगायत खानेकुरा खाए देवी रिसाउनेजस्ता कुरीति हटाउन चेतनामूलक अभियान थालिएको उनको भनाइ छ।

“अभिभावकले छाउपडी भएका बेला विद्यालय जानबाट बञ्चित गरिएको भेटिएमा वा छाउपडी भएका महिलालाई छाउगोठमा राखिएको पाइएमा गाउँपालिकाबाट पाउने सेवासुविधा कटौती गर्ने निर्णय गरेका छौँ,” उनले भनिन्। रासस

  • २५ पुष २०७५, बुधबार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !