सुनकुडा । हरेक वर्ष पुषे औसीको अघिल्लो दिनबाट शुरु हुने भस्सो पर्व तथा भुवाको सुनकुडामा पनि रौनक छाएका छ । बझाङको सुनकुडा अन्तरगत काँडागाउँमा विशेष गरी भस्सो खेल्ने गरिन्छ । जगन्नाथको मन्दिरमा पूजापछि शुरु गरिने भस्सो काडाँगाउँको बीचमा रहेका खलो अर्थात् चउरमा खेल्ने गरिन्छ । भस्सो खासगरी अधिकारीहरुले युद्धकला तथा लडाईको बारेमा बीरताको प्रर्दशनी गर्ने गर्दछन् ।
काँडागाउँ खलोमा पाँच पाण्डव बास बसेको भन्ने जनविश्वास रहेको स्थानीयले बताएका छन् । अहिले पनि त्यहा पाँच ओटा बस्ने ढुंगा रहेका छन् । पाँच पाण्डवहरु यिनै ढुंगामा बसेको भन्ने जनविश्वास रहेको छ । भस्सो पाण्डवले मनाउन शुरु गरेको कारण यही स्थानबाट खेल्ने गरिन्छ । र, यही समापन गरिन्छ ।
त्रेतायुगमा पाण्डव र कौरवबीचको लडाइँ सकिएपछि पाण्डव पक्षले खुसियाली मनाएको दिनमा यो पर्व मनाउने गरिन्छ।
भुवा खेल्ने तरिका पाँच किसिमका बाजाका तालमा ७ देखि ८ वटासम्म भुवा खेल ९नाच० खेल्ने गरिन्छ ।पुरानो युद्ध कला प्रर्दशन हुने गरिन्छ ।
हात हातमा नाङ्गो तरबार बोकी खेलाडीहरुले पुरानो राजाको पालाको पोशाक पहिरिई पंक्ति बद्ध तरिकाले यो भुवाँ खेल (नाच) खेल्ने गर्दछन् ।
यस क्षेत्रमा विशेष गरी काँडागाउँका अधिकारीहरुले खेल्ने गर्दछन् । तर अहिले समय परिवर्तन भएको छ । सबैले सामुहिक रुपमा खेल्नथालेको स्थानीयले जानकारी दिए ।
हातमा तरबार सहित खेल्ने खेललाई स्थानीय भाषामा छलो भनिन्छ । अर्थात् तरबारले हिर्काउने बेला आफू बच्नको लागि छल्ने कार्य हो । दुबै जनाको हतामा तरबार हुन्छ । एकले अर्कालाई आक्रमण गर्दछन् तर सावधानी पूर्वक छल्छन् । निकै हेर्न लायकको हुन्छ । अचेल सामुहिक रुपमा पनि खेल्ने गर्दछन् ।
स्थानीयस्तरमा भस्सो, बरबेल्का, नेटाकोट, उस्कला लगायतका स्थानमा गाउँमा गाउँमा गएर पनि खैल्ने गरिन्छ । उनीहरुको सम्मानमा स्थानीयले पैशाा तथा खाने कुरा दिने चलन रहेको छ । साथै भस्सो खेल्नेहरुलाई फुलमाला लगाएर पनि स्वागत गर्ने चलन रहेको छ ।
यहाँ यसलाई धार्मिक देष्टिकोणले पनि महत्वपूर्ण मान्ने गरिन्छ । भस्सो कति दिनसम्म मनाइन्छ भन्ने कुनै मिति तिथि छैन् । यो पर्व कम्तिमा तीन दिन देखि आवश्यकता अनुसार खेल्ने गरिन्छ ।