चित्र माया श्रेष्ठ,काठमाडौं-एयरलायन्समा भएको अपरेटर एसोसियसन्स अफ नेपाल `एयरलायन्सहरुको संगठन´ले आन्तरिक हवाई उडानतर्फ लाग्ने हवाई भाडा घटाएको छ ।
नेपालमा रहेको आयल निगमहरुले हवाई इन्धनमा भएको मुल्यलाई घटाएकाले एयरलायन्सहरुले पनि हवाई भाडा घटाएको जानकारी गराईसकेका छन् ।
उक्त एयरलायन्सहरुले काठमाडौंबाट मुलुकभित्रकै अन्य विभिन स्थानसम्म पुग्नका लागि लाग्ने हवाई भाडा ४ सय ४० रुपैयाँ बनाएर भाडा घटाएको जानकारी दिएका छन् ।आजदेखी सोही घटाइएको मुल्यमा नै हवाई सन्चालन हुने भएका छन्।