चित्र माया श्रेष्ठ
काठमाडौं, थाइल्याण्डको तेर्थाई क्रिकेट मैदानमा हाल जारी भइरहेको महिला टी–२० स्मास क्रिकेटमा नेपालले लगातार दोस्रो बिजेता हात पारेको छ । आइतबार हुँदै गरेको खेलमा मलेसियालाई ६ विकेटले पराजित गर्दै नेपालले लगातार दोस्रो बिजेता निकालेको हो।
मलेसियाले दिएको ६२ रनको खेलमा सामान्य लक्ष्य नेपालले १६.२ ओभरमा रहेको ४ विकेट गुमाएर पुरा गर्दै अघि बढेको हो। नेपालले गरेको जितमा रोमा थापाले अविजित २० रनको योगदान दिएकी छिन् । उनले २४ बलको सामना गर्दै १ चौका प्रहार गरिन्।
त्यस्तै गरि ओपनर सिता रानामगर १५, ममता कुमारी चौधरी नटआउट ९, र अर्की ओपनर काजल श्रेष्ठले ६ र इन्दु वर्माले ३ रनको योगदान दिएका हुन। र सरिता मगरले भने खाता खोल्नु भन्दा अघिनै रनआउट भइन्। मलेसियाका लागि इन्तान जफार र ऐना हसिमले १–१ विकेट हात पर्दै अघिबढेका छन् ।
यस भन्दा अघि नै टस जितेर पहिले ब्याटिङ गरेको मलेसियाले १९.३ ओभरमा अलआउट हुँदै ६१ रन बनाई सकेको थियो। मलेसियाकी सिओ जीन यीले १२ र युश्रीना याकोपले ११ रन जोडनुबाहेक अन्य कुनैपनि खेलाडीले अझै दोहोरो रनको स्कोर छुन सकेको छन् ।
मलेसियालाई सस्तोमा नै समेट्न नेपालकी सरिता रानामगरले सर्वाधिक ४ विकेट लिएकी हुन। यस्तै, नेरी थापा, इन्दु बर्मा र कविता कुँवरले समान एक–एक विकेट लिए।
उक्त जितसँगै समूह ‘ए’ मा रहेको नेपालले सेमिफाइनलमा पुग्ने सम्भावना बलियो बनाउँदै आएको छ। पहिलो खेलमा चीनलाई हराउँदै नेपालले ४ अंक जोडेको छ। पहिलो खेलमा नेपालले चीनलाई १० विकेटले हराउँदै आएको थियो। अब नेपालले भोली र युएईसँग पनि खेल्नेछ।