आफूलाई मितव्ययी भन्ने कम्युनिष्ट सरकारका प्रधानमन्त्री ओली जम्बो टोलीसहित युरोप जाने

आजभोलि

काठमाडौं कम्युनिस्ट सरकारका प्रधानमन्त्री खड्गप्रसाद ओली आफ्नो सरकारलाई मितव्ययी सरकार भएको दाबी गर्छन् । तर उनको दाबी र काम गराइको तौर तरिका ठिक उल्टो छ ।

ओली माघमा स्विट्जरल्याण्ड हुने वर्ल्ड इकोनोमिक फोरमको वार्षिक बैठकमा सहभागी हुन जम्बो टोलीको नेतृत्व गर्दै जाने भएका छन् । उनी माघ ६ गते स्विट्जरल्याण्डका लागि उड्ने छन् ।

वर्ल्ड इकोनोमिक फोरमको बैठक माघ ८ देखि माघ ११ सम्म स्विट्जरल्याण्डको डावोसमा हुनेछ ।

एउटा बैंठकका लागि उनले आफ्नोसाथ १९ जनाको जम्बो टोली नै लाने भएका छन् । उनको टोलीमापरराष्ट्रमन्त्री प्रदीप ज्ञवाली, परराष्ट्र सचिव शंकरदास बैरागी, प्रधानमन्त्रीका प्रमुख सल्लाहकार विष्णु रिमाल, परराष्ट्र सल्लाहकार राजन भट्टराईलगायतका छन् ।

ओलीले बैंठकमा स्ट्राटेजिक आउटलुक अन साउथ एसिया सत्रको छलफलमा सहभागी हुनेछन् । कार्यक्रमलाई पनि सम्बोधन गर्नेछन् ।

प्रधानमन्त्री ओलीले बिओन्ड दी जीडीपी सेसनमा समेत सहभागी हुने परराष्ट्र मन्त्रालयले जनाएको छ । बैंठकमा विश्वका धेरैजसो मुलुकका राष्ट्रप्रमुख या सरकारप्रमुख सहभागी हुनेछन् ।

भ्रमणका क्रममा ओलीले विभिन्न दातृ मुलुकका सरकार प्रमुखसित या विदेशमन्त्रीसित साइडलाइन भेटवार्ता गर्ने कार्यक्रम छ ।

ओलीले स्विट्जरल्यान्डका राष्ट्रपति वेली माउरासित समेत भेटवार्ताको तयारी भइरहेको  परराष्ट्र स्रोतले जनाएको छ ।

ओली स्विट्जरल्यान्ड भ्रमण सकेर फ्रान्स जाने कार्यक्रमसमेत तय भएको छ । त्यसको पनि तयारी परराष्ट्र मन्त्रालयले गरिरहेको छ ।

नेपाल र फ्रान्सले यसै वर्ष कूटनीतिक सम्बन्ध स्थापनाको ७० औं वर्षगाँठ मनाउँदै छन् ।

फ्रान्सका युरोप मामिला तथा विदेश मन्त्रालयका महासचिव मोरिस गुर्दो मोन्तानको नेपाल भ्रमणका क्रममा गत पुस २५ मा दुई देशबीच उच्चस्तरीय भ्रमण आदानप्रदान गर्ने सहमति भएको थियो ।

  • ३० पुष २०७५, सोमबार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !