रामेछपको मुख्य सडक कालोपत्रे हुने

आजभोलि

चित्र माया श्रेष्ठ,
रामेछाप जिल्लाको प्रतिनिधिसभा सांसद श्याम कुमार श्रेष्ठले नेकपाको नेत्तृत्वमा रहेको सरकारले नै रामेछापलाई समृद्ध बनाउने भएको छ । उनले सरकारले अगाडि सारेको नीति तथा कार्यक्रम कार्यान्वयनको चरणमा रहेको बताउदै समृद्धिको सपना साकार पार्न सरकार प्रतिबद्ध भएर लागेको बताए । सांसद श्रेष्ठले भने,‘रेल पनि आउछ, पानी जहाज पनि चल्छ, पाइपलाइनबाट तेल पनि आउछ ।’

रामेछाप जिल्लाको विकास निर्माणको प्रक्रियालाई अगाडि बढाउन आफू पनि सक्रिय रुपमा लागि परेको बताउदै निर्वाचनमा गरेको प्रतिबद्धता अनुसारको काम हुने दावी गरेका छन् । उनले जिल्लाका मुख्य सडकलाई कालोपत्रे गर्ने प्रक्रिया अगाडि बढेको बताए, स्वास्थ्य शिक्षा, खानेपानी लगायत जनताको दैनिक जीवनसँग जोडिएको विषयलाई प्राथमिकतामा राखेर काम गरिरहेको बताएका छन् ।

रामेछापको मन्थली नगरपालिका–११ गेलुको सावाडाँडामा निर्माण भएको शारदा माविको चार कोठे पक्की भवनको उदघाटन गर्दै सांसद श्रेष्ठले विद्यालयको भौतिक संरचना निर्माण गरेसँगै शिक्षाको गुणस्तरमा पनि ध्यान दिनुपर्नेमा जोड दिएको छ। उक्त कार्यक्रममा पूर्व सभासद एवं नेकपाका नेता तारानारायण श्रेष्ठले शिक्षा क्षेत्रमा राज्यले थप लगानी गर्नुपर्ने बताएको छ। उनले भौतिक पूर्वाधारको उपलब्धतासँगै गुणस्तरीय शिक्षा प्रदान गर्न पनि आवश्यक रहेको बताए ।

उक्त कार्यक्रममा मन्थली नगरपालिकाको उप-प्रमुख माया कार्कीले शिक्षा क्षेत्रको विकासका लागि नगरपालिकाले प्राथमिकता राखेको बताएको हो। उनले भने,‘गुणस्तरीय र प्राविधिक शिक्षालाई हामीले जोड दिएका छौ ।’
कार्यक्रममा नेकपा रामेछापका नेता प्रकाश कुमार कार्कीले प्राविधिक शिक्षा नै आवश्यकता भएको भन्दै सरोकारवाला र निकाय सबै मिलेर शिक्षा क्षेत्रलाई राम्रो बताउनु पर्ने बताएका छन् ।

  • ३० पुष २०७५, सोमबार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !