जनकपुर।संघिय सरकारले संसदमा दर्ता गरेको ‘नेपाल प्रहरी र प्रदेश प्रहरीले सम्पादन गर्ने कार्यको सञ्चालन, सुपरीवेक्षण र समन्वय सम्बन्धमा व्यवस्था गर्न बनेको विधयेक’ विरुद्ध प्रदेश २ अदालत जाने भएको छ ।
प्रदेश २ का आन्तरिक मामिला तथा कानुन मन्त्री ज्ञानेन्द्र कुमार यादवले अदालतमा जाने बताएका छन् ।
सो विधेयकमा पहिलो पटक प्रदेश प्रहरी गठन गर्दा नेपाल प्रहरीबाट समायोजन वा काजमा खटाइने प्रावधान राखिएको छ । तर प्रदेश २ ले प्रदेश प्रहरी ऐन बनाईसकेको छ । प्रदेशमा प्रहरी भर्नाको तयारीको प्रारुप समेत तयार पार्न लागेको बेला संघिय सरकारले अबरोध गर्न लागेको प्रदेश २ ले जनाएको छ ।
‘संघिय सरकारले प्रहरी एेन बनाउन सकेको छैन । प्रदेश अन्तर्गत प्रहरी प्रशासन छैन ’ , भन्दै आन्तरिक मामिला मन्त्री यादवले प्रदेशको शान्तिसुरक्षाको सवालमा सरकार मुकदर्शक बनेर बस्न नसक्ने बताए ।