कैलाली । सुदूरपश्चिमका प्रमुख सचिव नारायण विडारीले पत्रकारमाथि दुर्वव्यवहार गरेका छन् । उनकै कार्य कक्षमा समाचार संकलनका लागि पुगेका पत्रकारलाई हातपातको प्रयास गरेको जनाइएको छ ।
अन्तरवार्ताका लागि पुगेका दिनेश एफ एमका जनक विष्ट र माउण्टेन टिभीका पदमराज भटट्माथि यस्तो व्यवहार गरेका हुन् । उनले पत्रकारलाई आफ्नो कार्यकक्षबाट बाहिर निकालेको पदमाराज भटट्ले जनाएका छन् ।
दिनेश खवरले पौष १५ गते सुचनाको हक अन्तरगत मन्त्री परिषद्का बैठकका निर्णय, सवारी साधन खरिदमा भएको खर्च, तलव भक्ता वापतको खर्च, अनुमगन लगायतका शिर्षकमा भएको खर्च विवरण माग गरेको थियो। १५ गते नै उक्त निवेदन दर्ता पनि भएको थियो।
१५ दिन पुगिसक्दा समेत सुचना नपाएको भन्दै प्रमुख सचिव विडारीको प्रतिक्रीया लिने क्रममा विडारीले अन्तरवार्ता लिईरहेकै समयमा विष्टको क्यामेर खोसेका हुन्। उनले क्यामरा छ भन्दैमा जे पनि सोध्न पाईन्छ रु भन्दै विष्टको क्यामरा खोसेका हुन्। विडारीले विष्टसंगै रहेका अर्का पत्रकार भट्टलाई समेत अंगरक्षकलाई बोलाएर बल प्रयोग गर्दै कार्यकक्षबाट बाहिर पठाएका थिए।
यस्तै नेपाल पत्रकार महासंघ कैलाली शाखाले घटनाको भत्र्सना गरेको छ। महासंघले दुव्र्यवहारमा संग्लन विडारीलाई विभागिय कारवाहीको माग समेत गरेको छ।