काँग्रेसको बुटवलमा शक्ति प्रदर्शन

आजभोलि

काँग्रेसको बुटवलमा शक्ति प्रदर्शन

रुपन्देही बुटवललाई प्रदेशको राजधानी र नाम लुम्बिनी तोक्नमाग गर्दे नेपाली कांग्रेसले बुटवलमा शक्ति प्रदर्शन गरेको छ । 

काँग्रेसका नेताले लुम्बिनी क्षेत्रले विश्वभर शान्ति र सद्भाव फैलाउने काम गरिरहेको भन्दै लुम्बिनीको अवमूल्यन नगर्न सरकारलाई आग्रह समेत गरेका छन्।

खबरदारी सभामा बोल्दै नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा संघीय संसद्का प्रमुख सचेतक बालकृष्ण खाँणले रुपन्देहीले मुलुकलाई नै एकताको सन्देश दिने बताए । विश्वले मान्ने बुद्ध जन्मस्थल लुम्बिनीलाई मान्दिन भन्नु बुद्धकै अपमान हुने उनले तर्क गरे। 

बुद्ध जन्मस्थल लुम्बिनीलाई विश्वले मानेको छ, उनले भने–यहिँका व्यक्तिले मान्दिन भन्नु नसुहाउने कुरा हो, यो प्रदेशको नाम लुम्बिनी हुँदैन भनेर कसले भन्छ । खाडले रुपन्देही मुलुककै आर्थिक केन्द्रको रुपमा विकास भइरहेको भन्दै उनले यो प्रदेशको केन्द्र पनि रुपन्देही नै हुने बताए।

नेता खाडले मुख्यमन्त्रीजीले प्रदेश सभामा बोल्नुभएछ, संघीय संसद्का मान्छे बोल्न आवश्यक छैन, ‘हामी त्यही भनिरहेका छौं, प्रदेश सभाको जिम्मेवारी पूरा गर्नु, राजधानी तोक्ने काम गर्नुस् , हामी बोल्न आबश्यक छैन  तर मुख्यमन्त्रीको चाहनाले मात्रै राजधानी तोक्ने काम हुन सक्दैन, प्रदेश सभाले दुई तिहाइबाट तोक्ने हो, दुई तिहाइ पुगेछ भने जहाँ पनि सार्न सक्नुहुन्छ, खाडले भने ।

अर्का केन्द्रीय सदस्य चन्द्र भण्डारीले कम्युनिष्टहरुबाट मुलुकलाई खतरा रहेको दाबी गरेका छन् । उनले दुई तिहाई सरकारले जनतामा सपनामात्रै बाँडेर सरकार टिकाउने काम गरिरहेको आरोप लगाए । पाँच नम्बर प्रदेशका जनताले प्रदेशलाई टुक्राउनबाट जोगाएको स्मरण गर्दै उनले ५ नम्बर प्रदेशको राजधानी बुटवल नै उपयुक्त रहेको तर्क गरे ।

अर्का नेता देवेन्द्र राज कण्डेलले प्रदेश नम्बर ५ को सीमा अरु विस्तार गर्न आवश्यक रहेको बताए । उनले प्रदेश ५ मुलुककै नमूना प्रदेश भएकाले यसको सीमा चीनसम्म विस्तार गर्न आवश्यक रहेको बताए ।

कांग्रेस प्रदेश ५ संसदीय दलका नेता बलदेव शर्मा पोखरेलले प्रदेश ५ को राजधानीबारे धेरै विवाद गर्न जरुरी नरहेको बताए खबरदारी सभामा  नेपाली काग्रेस रुपन्देही सभापती अब्दुल रज्जाक, अर्घाखाँचीका सभापती विष्णु भुषाल, पाल्पा सभापती भिम बहार राना, गुल्मी जिल्ला सभापती भुवन, नेपाली काग्रेस प्रदेश नम्बर ५, प्रदेश सभा संसदीय दलतका नेता बलदेव शर्मा पोखरेल, जिल्ला सचिव रामकृष्ण खाँण नेताहरु अब्दुल रज्जाक, विरेन्द्र कनौडिया, रमा अर्याल,  हरि लम्साल, खेलराज पाण्डेलगायतले बोलेका थिए।

 बुटवलको राजमार्ग चौरहाबाट रुपन्देही जिल्लाका १६ वटा स्थानीय तह, नेपाली काग्रेसकाका समितिको सहभागीतामा राजधानी नर्सानको लागि दबाब सहित ¥याली आयोजना गरिएको थियो । 

बुटवलको राजमार्ग चौराहबाट निस्किएको ¥याली मिलनचौक, बस पार्क, अस्पताल लाईन हुँदै कार्यक्रम स्थल बुटवलको ट्राफिक चौकमा पुगेर सभामा परिणत भएको थियो । 

  • ४ माघ २०७५, शुक्रबार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !