चित्रमाया श्रेष्ठ / काठमाडौं
सुर्खेतको । वीरेन्द्रनगर -१ बांगेसिमलबाट शुक्रवार दिउँसो साढे ११ केजी बहुमुल्य पत्थरसहित पाँच जनालाई प्रहरीले पक्राउ गरेको छ ।
वीरेन्द्रनगर वडा नं – ४ मा बसोबास गर्दै आएका ४० वर्षीय भीम बहादुर सुनार, ५ का ३० वर्षीय नबिन कडेल, वीन नगरपालिका–८ का २८ वर्षीय सुरेन्द्र शाही, बराताल गाउँपालिका–८ का २६ वर्षीय भक्त बहादुर पाण्डे र ३२ वर्षीय तेजेन्द्र बस्नेतलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयका डिएसपी प्रदिप बहादुर क्षेत्रीले बताए ।
पक्राउ परेका पाँच जनालाई आवश्यक अनुसन्धान थालनी सुरु गरेको उनले बताएका छन् । त्यस्तै बरामत गरिएको पत्थर पहिचानका लागि खानी तथा भूगर्भ विभागमा पठाइने भएको छ ।