कैलाली । सुदूरपश्चिम प्रदेशको राजधानी गोदावारीको बिरुद्धमा परेको रिटमा सर्वोच्च अदालतद्वारा कारण देखाउँ आदेश जारी भएको छ । अधिवक्ता मनिस कुमार श्रेष्ठद्वारा दायर गरिएको रिटमाथि उक्त आदेश जारी भएको हो । उक्त रिटमा गोदावरी अवैज्ञानिक तथा व्यवहारिक नभएको दाबी गरिएको छ ।
सर्वोच्चद्वारा नेपाल सरकार, प्रधानमन्त्री तथा मन्त्रीपरिषद् लगायतका नाममा कारण देखाउँ आदेश जारी भएको हो । सर्वोच्चका प्रधानन्यायधिश चालेन्द्र समशेर जवरा नेतृत्वको संवैधानिक इजलाशले गोदवारी राजधानी बनाउनुको कारण पेश गर्न आदेश जारी गरेको हो ।
रिटको पक्षमा रिटकर्ता अधिवत्ता मनिष कुमार श्रेष्ठ, अधिवत्ताहरु डाक्टर सुरेन्द्र भण्डारी, अनन्त कार्की, रामेश्वर कोईराला, तारा प्रशाद तिमिल्सीना, अनन्त पराजुली, सुधिर बंगाल लगायतका १० जना अधिवक्ताले बहस गरेका थिए।
यस अघि सुदूरपश्चिम प्रदेशको राजधानी गोदावरी नगरपालिका वडा नम्बर २ र ४ मा पर्ने तेघरीको जंगलमा राजधानी वनाउने प्रदेश सरकारको निर्णय विरुद्ध अधिवक्ता देवीकुमारी जोशीले सर्वोच्चमा रिट निवेदन दिएपछि पनि सर्वच्चोले कारण देखाउ आदेश नै जारी गरेको थियो।
गोदावरी राजधानीको बारेमा नेपाली कांग्रेसले बिरोध गर्दै आइरहेको छ । पहाडी जिल्लाका अधिकांश बासिन्दाहरुको पनि असन्तुष्टि रहेको छ ।