काठमाडौं । १६ औं पटक अनशनमा रहेका डा. गोविन्द केसीले प्रधानमन्त्री केपी शर्मा ओलीले सम्झौता तोडेर बेइमानी गरेको बताएका छन् । आइसियूबाट साधारण वार्डमा सारेपछि प्रतिकृया दिदै डा. केसीले भने सरकार माफियासँग मिलेर जनतालाई धोका दियो ।
उनले निर्वाचनको बेला जनतालाई निःशुल्क शिक्षा भनेर ढाटेको आरोप समेत लगाएका छन् । प्रधानमन्त्री ओलीले आफूसँग गरेको सम्झौताको ठाडो उल्लंघन गरेरकाले आफ्नो अनशन जारी रहने पनि बताए ।
चिकित्सा शिक्षा ऐनमा आफूले भनेका माग पूरा भए आफू अनशन जुनसुकै बेला पनि तोड्न तयार रहेको बताए । अन्यथा अनशन जारी रहने जनाकारी दिए ।
अनशन बसेको लामो समय भइसक्दा पनि सरकारले कुनै पहल कदमी गरेको छैन् । उल्टा आरोप प्रत्यारोपमा उत्रेको देखिन्छ ।
File Photo