काठमाडौं । हिन्दू महिलाको ठूलो धार्मिक व्रत स्वस्थानी सोमवारबाट शुरु भएको छ । काठमाडौंको शालीनदीमा स्नान गर्नेको संख्या उल्लेख्य छ । हिन्दू महिलाहरुले एक महिनासम्म स्वस्थानी ब्रतकथा सुन्ने र ब्रत बस्ने गर्दछन् । यो ब्रत पुस शुक्ल पूर्णिमादेखि माघ शुक्ल पूर्णिमासम्म चल्ने गर्दछ ।
ब्रतालु, भक्तजन र आगन्तुकको सुरक्षा तथा यातायात बजार व्यवस्थापनको कार्य शङ्खरापुर नगरपालिकाबाट भइरहेको छ । नगरपालिकाका अनुसार सार्वजनिक यातायातले तोकिएभन्दा बढी रकम लिन नपाउने व्यवस्था गरिएको छ । बिगतदेखि नै स्वास्थानी व्रतका अवसरमा बढी सवारी भाडा असुल्ने गरेको गुनासा आएपछि यो पटक नगरपालिकाले कडाइ गरेको हो ।
साँखु पुग्न नसक्नेले माघ ३० गतेका दिन पशुपति आर्यघाट र ३१ गते सिफल, सानो गौचरन, हनुमानढोका, टेकू हँुँदै फर्पिङ्तर्फको माधवनारायण यात्रामा नारायणको दर्शन गर्न सक्नेछन् । पशुपति आर्यघाटमा माधवनारायण ल्याउँदा पशुपति गुठी गोश्वारा र जयवागेश्वरी ल्याउँदा अमालकोट कचहरी कार्यालयले सेवा सुविधा पु¥याउने व्यवस्था गरिएको अमालकोटका अष्टमान सङ्गतले जानकारी दिए । यो निकै कठीन र लामो व्रत हो ।