सांसद्मा कांग्रेस र नेकपा आमनेसामने भिड्नेः ‘सरकार जबरजस्ती शिक्षा बिधेयक पारित गर्ने षडयन्त्रमा’

आजभोलि

काठमाडौं । नेपाली कांग्रेसले सोमवार दुबै सदन अबरुद्ध गरेको छ । सरकारले नेपाली कांग्रैसका नेता तथा पूर्वप्रधानमन्त्रीद्वय गिरीजा प्रशाद कोइराला सुशिल कोइरालाको नाममा रहेका अस्पताल प्रदेश सरकारको मातहतमा राख्ने निर्णय बिरुद्ध सदन बहिस्कार गरेको हो । अरु अस्पताल संघीय सरकारको मातहतमा राख्ने अनि ती दुई अस्पताल मात्र किन प्रदेशको मातहतमा राख्ने भन्दै कांग्रेसले उक्त निर्णयको कडा बिरोध गरेको छ ।

स्वास्थ्य मन्त्रालयले १९ पुसमा ११ वटा अस्पताललाई केन्द्र सरकार मातहत राख्ने प्रस्ताव मन्त्रिपरिषदमा लगेको थियो । तर, तनहुँको दुलेगौंडास्थिति जिपी स्वासप्रश्वास केन्द्र र बाँकेको सुशील कोइराला क्यान्सर अस्पताललाई हटाएर अन्य ९ वटा अस्पताललाई संघीय सरकार मातहत राख्ने निर्णय गर्यो ।

नेपाली कांग्रेसका संसदीय दलका उपनेता विजय कुमार गच्छदारले ओचित्य पुष्टि गरेपछि सदन अबरुद्ध बनाएको हो । कांग्रेसले शिक्षा बिधेयक पनि सरकारले बहुमतको आधारमा जबरजस्ती पारित गर्ने षडयन्त्रमा लागेको पनि आरोप लगाएको छ । र, निर्मला पन्तको हत्यारा पनि पत्ता नलगाएको भन्दै आक्रोस व्यक्त गरेको छ ।

नेपाली कांग्रेस सहमतिका लागि माघ १४ गतेसम्म सदन स्थगित गर्न भने पनि सभामुख कृष्ण बहादुर महराले नमानेकोले सांसदबाट उक्त बिधेयक पारित गर्न तर्फ लागि परेको जनाइएको छ ।

सरकार जबरजस्ती शिक्षा बिधयेक पारित गर्ने र प्रतिपक्ष नेपाली कांग्रेस जुन सुकै हालतमा पनि रोक्न तर्फ लागि परेकाले सांसद भित्र लफडा हुन सक्ने जनाइएको छ । डा. गोबिन्द केसी अनशनमा रहेको बेला सरकारले गैर जिम्मेवार ढंगले बिधेयक पारित गर्नु दुइ तिहाईको दम्भ भएको कांग्रेसले आरोप लगाएको छ ।

  • ८ माघ २०७५, मंगलवार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !