प्रहरीले भन्यो निर्मला हत्या काण्डमा बम दिदिबहिनी निर्दोष

आजभोलि

प्रहरीले भन्यो निर्मला हत्या काण्डमा बम दिदिबहिनी निर्दोष

काठमाडौं। कंचनपुरकी बालिका निर्माला पन्तको बलात्कार पछि हत्या काण्डमा बम दिदिबहिनी निर्दोष रहेको प्रहरीले प्रष्ट पारेको छ । 

नेपाल प्रहरीका प्रवक्ता प्रहरी बरिष्ठ उपरीक्षक उत्तमराज सुवेदीले निर्मला हत्या प्रकरणमा नाम मुछिएका बम दिदिबहिनीहरु निर्दोष रहेको बताएका हुन् । 

उनले भने, ‘नेपालको प्रचलित कानून र संविधानले पनि कानूनबमोजिम प्रमाणित नहुन्जेलसम्म उनीहरूलाई दोषी भन्न मिल्दैन । मलाई त कहिलेकाहीँ दुःख लाग्छ, यी कुराहरू नआईदिएको भए हुन्थ्योजस्तो लाग्छ । नेपाल प्रहरीको प्रवक्ताको हैसियतले मैले भन्दाखेरि निजहरूको विरुद्धमा कुनै प्रमाण अथवा अदालतले दोषी करार नगरुञ्जेलसम्म उहाँहरु निर्दोष हुन् । यो कुरा मैले भन्नैपर्छ ।’

प्रवक्ता सुवेदीले निर्मला बलात्कार पछि हत्या प्रकरण संगठनको लागि पनि प्रतिष्ठाको विषय भएकोले उच्च प्राथमिकताका साथ अनुशन्धान गरिरहेको समेत बताएका छन् । 

मंगलबार राजधानीमा आयोजित एक साक्षात्कारमा बोल्दै उनले भने, ‘यो प्रकरणमा हाम्रो संगठनले मेहनत र ईमानदारपूर्वक अनुशन्धान गरिरहेको छ । यो प्रकरण हाम्रो संगठनको लागि पनि प्रतिष्ठाको विषय हो । हामीले उच्च प्राथमिकताका साथ अनुशन्धान गरिरहेका छौं ।’

  • ९ माघ २०७५, बुधबार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !