चिकित्सा विधेयक सदनमा जबरजस्ती ल्याए अवरोध गर्ने काँग्रेस महामन्त्रीको चेतावनी

आजभोलि

जनकपुर चिकित्सा विधेयक सदनमा जबरजस्ती ल्याए त्यसको अवरोध गर्ने नेपाली काँग्रेसका महामन्त्री डा.शशांक कोइरालाले बताएका छन् । 

जनकपुरस्थित विमानस्थलमा संचारकर्मीसँग कुरागर्दै उनले भने, हरेक क्षेत्रमा असफल भईरहेको सरकारले चिकित्सा विधेयक पारित गर्न जबरजस्ती गर्न खोज्दै छ ।

‘अनशनरत डा.गोविन्द केसीसँग विगतमा भएको सम्झौताविपरित सरकारले राष्ट्रिय चिकित्सा शिक्षा विधेयक पारित गर्न खोजिरहेको छ ’ उनले भने, जबरजस्ती विधेय पारित गर्न खोजिए काँग्रेसले सदन चल्न दिने छैन् ।काँग्रेस नेता स्व.गिरिजाप्रसाद कोइराला र स्व.सुशिल कोइरालाको नाममा स्थापना गरिएको अस्पताललाई सरकारले बन्द गर्न लागेको भन्दै सो पार्टीका साँसदहरुले सोमवार संसदको दुवै सदन चल्न दिएन् ।

कोइरालाले केपी ओली नेतृत्वको सरकार नीतिविहीन रहेको आरोप लगाए । ‘दश महिने कार्यकाल पुरा गरिसक्दासमेत जनताका लागि ठोस योजना ल्याउन सकेको छैन्’ उनले भने,  ओली सरकार नीतिविहीन रहेको प्रशस्त घटनाक्रमहरुले सावित गरिसकेको छ ।

‘अहिलेसम्म जनतालाई अनुभूति हुनेगरी कुनै काम भएजस्तो लागेको छैन्’ उनले भने, १० महिना बितिसक्दापनि सरकारले समृद्धिको झुटो नारा बाँड्ने काममात्र गरेको छ ।’उनले सरकारको कृयाकलाप संघियता विरोधी रहेको आरोप लगाए ।सरकार विरुद्ध अक्रामक देखिएका कोइरालाले पार्टीमा युवाहरुलाई सकृय गराउन विभाग गठन गर्ने बताए ।

कोइराला विमानस्थलको दृश्यबाट खिन्न देखिए । छोटो समय सञ्चारकर्मीहरुसित बिताएपनि उनले ओली सरकारले संघियतालाई संस्थागत हुन नदिने आरोप लगाए । ‘प्रदेशलाई काम गर्ने वातावरण नै सरकारले बनाएको छैन्’ उनले भने, प्रदेशलाई अधिकार नदिए सम्म संघियता संस्थागत हुन सक्दैन ।

  • ९ माघ २०७५, बुधबार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !