काठमाडौं । चन्द्रगिरीमा आज हिउँ परेको छ । हिउँ परेसँगे चन्द्रागिरी जानेको संख्या बढ्को छ ।
मंगलबार रातिदेखि नै काठमाडौं उपत्यका, आसपासका क्षेत्रलगायत देशका विभिन्न भागमा वर्षा भएको छ । वर्षासँग काठमाडौं उपत्यका आसपासका उच्च पहाडमा पनि हिउँ परेको छ ।
आसपासका पहाडमा हिउँ परेपछि, थुप्रै काठमाडौं उपत्यकाबासीरु हिउँ खेल्न, हेर्न जान लालायित हुन्छन् । आसपासका फुलचोकी, चम्पादेवी, नगरकोटलगायतका पहाडमा हिउँ हेर्न र खेल्न पर्यटकहरु जाने गर्छन् । पछिल्लो समय केबुलकार सञ्चालनमा आएपछि काठमाडौंको चन्दागिरि पनि हिउँ हेर्न, खेल्न जाने उपत्यकाबासीका लागि राम्रो गन्तब्य बनेको छ।
फोटो चन्द्रगिरीहिल्स