सुनकुडा । बझाङ्गमा हिमपात तथा बर्षा भएपछि मोबाइल तथा इन्टरनेट सेवा अबरुद्ध भएको छ । विशेष गरी बझाङ्गको चिर तथा बुंगलमा उक्त् सेवा अबरुद्ध भएको स्थानीयले जनाएका छन् । यो क्षेत्र अहिले सम्पर्क बिहीन भएको छ ।
हिउँ परेपछि वित्थडचिर गाउँपालिकाको स्याँडी, देउलेख, सुनकुडा लगायतका स्थानमा मोबाइल सेवा अबरुद्ध भएको छ । त्यस्तै बुंगल तथा ज्यापन क्षेत्र पनि अबरुद्ध भएको जनाएको छ । केदारस्यू तथा अन्य क्षेत्रमा पनि टेलिफोन तथा मोबाइल सेवा अबरुद्ध भएको छ ।
सुनकुडाको पटटेकोडाडोको टावरले काम नगरेको जनाएको छ । हिउँ तथा पानी परेपछि टावरमा ब्याट्र डाउन भएको जनाएको छ । त्यस्तै श्रीभावर, केदार तथा बुंगलको टावारले काम नगरेको कारण सबै मोबाइल सेवा अबरुद्ध भएका छन् । नेपाल टेलिकम तथा एनसेलका सबै सेवा अबरुद्ध भएको स्थानीयले बताएका छन् ।
मोवाइल अबरुद्ध भएपछि इन्टरनेट सेवा पनि बन्द भएको छ । सोलार ब्याट्री डाउन भएपछि उज्यालोको समेत समस्या उत्पन भएको जनाइएको छ ।