कांग्रेस सांसदमा पनि गगन भरोसाः सरकार गगनफोबियाबाट ग्रसित

आजभोलि

कांग्रेस सांसदमा पनि गगन भरोसाः सरकार गगनफोबियाबाट ग्रसित

एल. बी. बिद्रोही, टिप्पणी । नेपाली कांग्रेसले विगत तीन दिनदेखि सांसद अबरुद्ध गर्दै आइरहेको छ । आफ्ना दुइै नेता तथा पूर्वप्रधानमन्त्रीद्वय गिरीजा प्रसाद कोइराला र सुशिल कोइरालाको नाममा रहेको अस्पताललाई संघीय सरकारको मातहतबाट हटाएको भन्दै सांसद अबरुद्ध गर्दै आइरहेको छ ।

सडकमा निकै कमजोर देखिएको कांग्रेस संसदमा पनि त्यति प्रभावकारी नदेखिएको आरोप पार्टी भित्रबाटै लाग्ने गरेको छ । प्रतिपक्षले मंगलवार संसदमा जे गर्यो त्यसको सकारात्मक वा नकारात्मक प्रतिक्रिया आएको छ । जे होस संसदभित्र कांग्रेस देखियो ।

नेपाली कांग्रेसबाट निर्वाचित अधिकांश सांसदहरुले आफ्नो उपस्थिति कमजोर महसुस गरेको बेला गगन कुमार थापाले राहत दिलाएका छन् । उनले पछिल्लो समयमा संसदभित्र जे गरे, त्यसले उनले बलियो पकड जमाएका छन् ।

उनले बोल्दा तर्कसंगत र तथ्यांकलाई आधार मान्ने गरेकाले पनि प्रभावकारी उपस्थिति देखिएको छ । उनी जहिले पनि खरो रुपमा उत्रिदै आएका छन् । परिणाम स्वरुप कांग्रेसीजनहरुका लागि संसद भित्र पनि उनी आशाका केन्द्र बन्दै आएका छन् ।

जबरजस्ती सडकबाट स्थापित उनी अब संसदमा पनि बलियो पकड जमाउन सफल भएका छन् । संसद अबरुद्ध वा अरुबेला पनि उनको भूमिका अहम्देखिदै आएको छ ।

उनले संसदमा बोल्दा सत्तापक्ष तथा अन्य पार्टीका संसदहरु पनि ध्यान दिएर सुन्ने गर्दछन् । उनले अरु पार्टिलाई प्रभाव पार्दै आइरहेका छन् ।

डा. गोबिन्द केसी प्रकरणमा उनले पत्रकार सम्मेलन गरेर नै बजारमा रहेका हल्लालाई तथ्यांक मार्फत् झूठ सावित गरिदिएका थिए । उनले सत्तापक्षले भन्ने गरेका विद्यार्थी पलायनको हाउगुजीलाई मनोगत भएको प्रमाणित गरिदिएका थिए ।

निर्माला हत्या प्रकरणमा पनि उनले संसदभित्र आवाज उठाउँदै आइरहेका छन् । जसले संसदमा सबैलाई सोच्न बाध्य बनाएको थियो र छ पनि ।

मंगलबार उनले सत्तापक्ष तथा सरकारले बलमिच्याई गरे संसदको ढोकाबाटै कसैलाई छिर्न नदिने चेतावनी समेत दिए । उनले सरकार तथा सत्तापक्षले प्रतिपक्षको भूमिकालाई समाप्त पानै खोजेको गम्भिर आरोप समेत लगाएका थिए । उनले पत्रकारका सबै प्रश्न उत्तर तर्कसंगत उत्तर दिएका थिए । जसकोकारण संचार माध्यममा सकारात्मक सन्देश प्रवाह भएको छ ।

जसरी हिजोका दिनमा सडकमा गगन भरोसा रहँदै आएको थियो । त्यसै गरी नेपाली कांग्रेसले संसदमा पनि गगन भरोसा गर्न थालेको छ । कम अध्ययन भएका आरोप लाग्ने कांग्रेसीहरुका लागि गगनले गर्ने अध्ययनले झूठ सावित गरेको छ ।

गगन सत्तापक्ष तथा सरकारको लागि टाउको दुखाईको विषय बन्दै आएका छन् । उनीहरु बिस्तारै गगनदेखि तर्सिन थालेका छन् । उनीहरुलाई गगनफोबियाले सताउन थालेको छ ।

  • ९ माघ २०७५, बुधबार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !