काठमाडौं । नेपाल विद्यार्थी संघले निर्मला पन्तको न्याय तथा डा.गोबिन्द केसीको पक्षमा काठमाडौंमा प्रर्दशन गरेको छ । बुधबार दिउँसो माइतीघर मण्डलामा प्रर्दशन गरेको थियो । पानी परेको भए पनि नेविसंघको प्रर्दशन प्रभावकारी रहेको जनाइएको छ ।
प्रर्दशनमा सरकार बिरुद्ध नाराबाजी गरिएको थियो । उक्त प्रर्दशमा नेविसंघ अध्यक्ष नैनसिंह महरले निर्मला हत्यारा अहिलेसम्म पनि पत्ता नलगाएको भन्दै सरकारको कडा आलोचना गरेका थिए । महामन्त्री कुन्दन काफ्लेले कम्युनिष्ट सरकार निरंकुश भएको भन्दै सडकबाटै ढाल्ने चेतावनी दिएका थिए ।
नेविसंघले कांग्रेस नेताहरूको नाममा स्थापना गरिएका अस्पतालहरू केन्द्र सरकारको मातहतमा राख्नुपर्ने माग समेत गरेको छ ।
नेवसंघले आगामी दिनमा पनि प्रर्दशन गर्ने कम्युनिष्ट सरकारलाई खबरदारी जारी राख्ने जनाएको छ । महामन्त्री कुन्दन काफ्लेका अनुसार सडकबाट कम्युनिष्ट सरकारलाई घुडा टेकाउने खालका कार्यक्रम ल्याउने जनाएका छन् ।