बझाङ । मंगलबारदेखिको निरन्तर हिमपातले गर्दा खोड्पे बझाङ सडक अबरुद्ध भएको छ । खोड्पेबाट बझाङ तथा बैतडीको पुर्चौडी, गड लगायतका क्षेत्रमा जाने यात्रहरु अलपत्र परेका छन् ।
हिउँका कारण सडकमा गाडी गुड्न सकेका छैनन् । मुस्याखान ढोल्यामोड, श्रीभावर, वित्थड लगायतका स्थानमा हिउले सडक नै अबरुद्ध भएको स्थानीय जनाएका छन् ।
बझाङ जोड्ने एक मात्र सडक अबरुद्ध हुँदा भारतबाट फर्केका तथा अन्य क्षेत्रबाट घर फर्किने यात्रु अलपत्र परेको स्थानीयले जनाएको छ । अत्यन्त चिसोको कारण यात्रुहरुले सकस भागिरहेका छन् ।
प्रहरीका अनुसार शुक्रबारसम्म पूर्ण रुपमा सडक खुल्ने जनाएको छ ।