कैलाली । सुदूरपश्चिम प्रदेश सरकारले माघ ११ बाट श्रम स्वीकृति दिन थालेको छ । बैदशिक रोजागरीका जादा श्रम स्वीकृतिका लागि काठमाडौं आउनु पर्ने बाध्यात्मक अवस्थाको अन्त भएको छ ।
शुक्रबार बिहान सुदूरपश्चिम प्रदेशका सामाजिक विकास मन्त्री कृष्णराज सुवेदीले धनगढीस्थित कार्यालयबाट मलेसिया जान लागेका गोर्खबहादुर खवासलाई श्रम स्वीकृति प्रदान गर्दै सेवा सुरू गरेका हुन्।
मन्त्रालयले धनगढीको प्रदेशगत श्रम तथा रोजगार कार्यालयमा वैदेशिक रोजगार इकाइ गठन गरेको छ । हाललाई कार्यालयबाट प्रारम्भिक चरणमा पुनः श्रम स्वीकृति प्रदान गरिनेछ ।
यस्तै वैदेशिक रोजगारी सम्बन्धी इजाजत पाएका संस्थाहरु र तालिम एवं अभिमुखीकरण संस्थाहरुको अनुगमन गर्ने, सरोकारवालाहरु बीच वैदेशिक रोजगारीको सूचना तथा जानकारी सम्प्रेषण गर्ने एवं गुनासो सुनुवाई गरी सेवा प्रवाहलाई सहजीकरण गर्ने जस्ता काम कार्यालयबाट हुनेछ ।
बिस्तारै सबै प्रदेश सरकारले श्रम स्वीकृति दिन थालेका छन् । यसले गर्दा सुदूरपश्चिमका जनता ठागिने समस्याबाट मुक्त भएका छन् । यसले गर्दा खर्चमा पनि कमी आउने छ।
धनगढीबाटै श्रम स्वीकृति पाउने भएपछि यहाँ युवाहरु खुशी भएका छन् । तर अझै पनि श्रम स्वीकृतिको लागि पूरा तयारी नभएको छ । यसले समस्या देखाए पनि विस्तारै सबै तयारी पूरा हुने मन्त्रालयले जनाएको छ ।