बिन्देशर इशरको भैंसीले जित्यो सुन्दरी प्रतियोगिता

आजभोलि

बिन्देशर इशरको भैंसीले जित्यो सुन्दरी प्रतियोगिता

इनरुवासुनसरीको कोशी गाउँपालिकामा भैँसी सुन्दरी प्रतियोगिता सम्पन्न भएको छ ।

विपी स्मृति कृषि मेलाको अवसर पारेर कोशी गाउँपालिकाले शुक्रबार ‘भैँसी सुन्दरी प्रतियोगिता’ आयोजना गरेको हो ।

प्रतियोगितामा कोशी गाउँपालिका–३ पश्चिम कुशाहाका बिन्देशर इशरको भैँसी प्रथम, बालेश्वर परसैलाको भैँसी दोस्रो र कोशी गाउँपालिका–४ का रामरत्न यादवको भैँसी तेस्रो भएको समाजसेवी विश्वासले जानकारी दिए ।

विजेता भएका भैँसी धनीलाई गाउँपालिकाले क्रमशः रु २५ हजार, १५ हजार र रु १० हजार नगद पुरस्कार दिने गाउँपालिकाका अध्यक्ष एयुव अन्सारीले बताए ।

प्रतियोगितामा प्रथम भएको भैँसी धनीलाई इनरुवा नगरपालिकाका प्रमुख राजन मेहताले भैँसी नै पुरस्कार दिने घोषणा गरे ।

प्रतियोगितामा कोशी गाउँपालिका क्षेत्रभित्रका करीब २ सयभन्दा बढी भैँसीलाई सहभागिता गराइएको थियो । कार्यक्रमअन्तर्गत शनिबार गाई सुन्दरी प्रतियोगिता गर्ने आयोजकले जनाएको छ ।

  • १२ माघ २०७५, शनिबार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !