काठमाडौं । नेपाल चिकित्सक संघले आइतवार पत्रकार सम्मेलन गरी आन्दोलनको घोषणा गरेको छ । सोमबार केन्द्रीय कार्य समितिको बैठकबाट बिस्तृत कार्यक्रम तय गर्ने जनाएको छ ।
चिकित्सक संघका अध्यक्ष मुक्तराम श्रेष्ठले भने सोमबार देशभरी रिले अनशन गर्छौ । आवश्यकता अनुसार आन्दोलनका कार्यक्रमहरु इर्मजेन्सी बन्द सम्मको पनि हुनसक्छ ।
उनले भने हामी सरकारलाइ आग्रह गर्दछौं, चाडोभन्दा चाडो डा. गोविन्द केसीमा माग पुरा गर्ने तर्फ पहल गरियोस । अन्यथा हामी कडा आन्दोलनका कार्यक्रम ल्याउने चेतावनी दिए ।
आफूहरु कुनै पार्टीको नभएको पनि स्पष्ट पारे । हामीले लोकतन्त्र तथा गणतन्त्रका लागि पनि लडेका हौ । हामी डा. केसीको जीवन रक्षाका लागि आन्दोलन गर्न बाध्य भएको पनि उनले स्पष्ट पारे ।
उनले सरकारले जबरजस्ती चिकित्सकहरुमा फुट ल्याउने खोजेको भन्दै यस्ता घृणित कार्य नगर्न चेतावनी समेत दिए ।
उनले आफू संयमित र जिम्मेर भएर अघि बढ्ने तर सरकारले वेवास्ता गरे सरकारले ठूलो क्षति व्यहोर्नु पर्ने पनि बताए ।