काठमाडौं । नेपाल सरकारले नेपाली कांग्रेसका नेताहरुको नाममा रहेको अस्पताल संघीय सरकारको मातहतमा राख्ने निर्णय गरेको हो । सोमबार बसेको मन्त्री परिषद्को निर्णयपछि दुबै अस्पताल संघीय सरकारको मातहतमा रहने जनाएको छ ।
यसभन्दा पहिले गिरिजाप्रसाद कोइराला स्वासप्रश्वास अस्पताल र बाँकेको खजुरास्थित सुशील कोइराला प्रखर क्यान्सर अस्पताललाई प्रदेश सरकारको मातहतमा राख्ने निर्णय गरेको थियो ।
बाँकेको खजुरास्थित सुशील कोइराला प्रखर क्यान्सर अस्पताल ५९ बेडको छ । तनहुँस्थित गिरिजाप्रसाद कोइराला स्वासप्रश्वास अस्पताल १५ बेडको मात्रै छ
दुबै अस्पतालको विषयलाई लिएर कांग्रेस सदन र सडकमा आन्दोलन गर्दै आइरहेको थियो । कांग्रेसको आन्दोलनपटि आफ्नो निर्णय पुर्नविचार गर्न सरकार बाध्य भएको नेपाली कांग्रेसले जनाएको छ ।