डोटी । भीमदत्तपन्त राजमार्गअन्तर्गत डोटीको रुपसकाँडामा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । शुक्रबार राति १२ बजे लु १ च २५०८ नम्बरको जिप दुर्घटना हुँदा एक जनाको मृत्यु र दुई जना घाइते भएका छन् ।
बुडर इलाका प्रहरी कार्यालयका प्रमुख रुपसिंह थापाका अनुसार दुर्घटनामा परी भारतको बरेली घर भएका करिब ४२ वर्षीय बब्लुको मृत्यु भएको छ ।
घाइते हुनेमा डोटीको केआइसिंह गाउँपालिका-५ रानागाउँ बस्ने वर्ष १९ का शङ्कर राणा र जिप चालक तथा मालिक करिब ५० वर्षीया सुवास प्रजापति रहेका छन्। घाइते दुबैलाई उपचारका लागि कैलालीतर्फ पठाइएको प्रहरीले जनाएको छ।
जिप सडकबाट करिब २०० मिटर तल खसेको इलाका प्रहरी प्रमुख थापाले जानकारी दिए।