काठमाडौं । माघ १७ गतेदेखि शुरु भएको दमक बालमहोत्सवमा सरकारी विद्यालयले विद्यार्थी ल्याउनका लागि पशु तथा सामान बोक्ने गाडीको प्रयोग गर्ने गरेको खुलाशा भएको छ । सरकारी विद्यालयले खर्चको अभावमा सस्तोमा यस्ता गाडीहरु प्रयोग गरेको जनाएका छन् । उक्त बालमहोत्सव सरस्वती मावि दमकको कम्पाउण्डमा संचालन भइरहेको छ । अन्य सरकारी विद्यालयले पनि यस्तै गाडीमा ओसार्ने गरेको स्थानीयले जानकारी दिए ।
सरस्वती मावि विगत एक हस्तादेखि बन्द भइरहेको छ । विद्यालयमा सबै पढाई अबरुद्ध भएको अभिभावकले जनाकारी दिए ।
दमक १० स्थिति पशुपति आधारभूत विद्यालयले छोटा हात्ती गाडीमा विद्यार्थी ओसारेको स्थानीय जनाएका छन् । जुन गाडीमा पशु तथा सामान बोक्ने गरिन्छ ।
उक्त महोत्सवमा विद्यार्थीहरुको घुइचो लाग्ने गरेको आयोजकले जनाएका हुन् । माघ १७ गते प्रधानमन्त्री खड्ग प्रसाद ओलीले निकै तामझामका साथ उद्घाटन गरेका थिए ।
प्रदेश सरकारले उक्त महोत्सवका लागि १० लाख रुपमा सहयोग गरेको एक श्रोतले जानकारी दियो । कलाकार ल्याउन तथा औपचारिक कार्यक्रमको लागि निकै ठूलो रकम खर्च गर्ने गरेको आयोजकलाई आरोप समेत लगाइएको छ ।
उक्त महोत्सव माघ २१ गते सकिने आयोजकले जनाएका छन् । बालबलिकाको लागि आयोजना गरिएको कार्यक्रममा नीजि विद्यालयमा पढ्ने र सरकारी विद्यालयमा पढ्ने बिद्यार्थीहरुबीच भदेभाव भइरहेको जनाएको छ ।