काठमाडौं – कम्युनिस्ट प्रधानमन्त्री खड्गप्रसाद ओली नेतृत्वको सरकारले अधिनायकवाद लाद्न थालेपछि कांग्रेसले देशभरि नै सडक आन्दोलन गर्न थालेका छन्।भने कांग्रेससँग कम्युनिस्ट सरकार डराएको छ ।
देशमा सुशासन कायम गर्न नसको र सुरक्षा दिन नसकी मर्यादामै नबसेको भन्दै १६ वटा मुद्दाको माग गर्दै कांग्रेसले शक्ति प्रदर्शन गर्न थालेको छ ।
केन्द्रीय सदस्य गगन थापाले आइतबार संसद बैठक भित्रै सरकारलाई चुनौती दिँएका थिए – प्रतिपक्षी कहाँ छ भनेर अब कांग्रेसले सडकदेखि सदनसम्म देखाउँनेछ। सरकारले प्रतिपक्षीलाई गरे जस्तै ब्यबहार प्रतिपक्षले पनि त्यस्तै व्यवहार गर्ने बताएका थिए ।
केन्द्रीय सदस्यहरु विभिन्न जिल्लामा गएर ७७ वटै जिल्लामा छुट्टाछुट्टै विरोध सभा सुरु गर्दै आएका छन्। पार्टीले केन्द्रीय नेताहरुलाई जिल्लामा जानको लागी भने निर्देशन नदिएको मुख्य सचिव कृष्ण प्रसाद पौडेलले बताए।काठमाडौं उपत्यकामा एक ठाउँमा मात्रै कार्यक्रम हुँदै आएको थियो । तर यो पटक भने कांग्रेसले छुट्टाछुट्टै कार्यक्रम गर्ने भएको छ।
नेता रामचन्द्र पौडेलले गृह जिल्ला तनहुँको विरोध प्रदर्शनको नेतृत्व गर्नेछ भने, उपसभापति विमलेन्द्र निधिले धनुषा , महामन्त्री डा.शशांक कोइरालाले नवलपुर,पार्टी प्रवक्ता एवं केन्द्रीय सदस्य विश्वप्रकाश शर्माले चितवन, पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलाले झापा, केन्द्रीय सदस्य डा शेखर कोइरालाले मोरङ, केन्द्रीय सदस्य दीपक गिरीले दाङ, केन्द्रीय सदस्य नेता गगनले थापा पोखरा, केन्द्रीय सदस्य गुरु घिमिरेले अर्घाखाँची विरोध सभालाई सम्बोधन गर्दै कम्युनिस्ट सरकारविरुद्ध हुने सभालाई सम्बोधन गर्दै विभिन्न ठाँउबाट प्रदर्शनमा निस्केर केन्द्रीय राजधानी रत्नपार्कस्थित शान्ति बाटिकामा पुगी सभा टुंगिने छ ।
सभालाई केन्द्रीय नेताहरूले सम्बोधन गर्ने काठमाडौं जिल्ला सभापति सबुज बानियाँले बताएका छन् ।
सरकारको विरुद्धमा माघ १३ गते बसेको कांग्रेस केन्द्रीय समितिको बैठकले देशव्यापी प्रदर्शन गर्ने निर्णय गरेको थियो । कांग्रेसले १६ वटा मुद्दालाई सोमबारको विरोध सभामा उठाएका छन्। जुन मुद्दा समसामयिक विषयका मुद्दा नै उठाएको हो । प्रधानमन्त्री ओलीले कांग्रेसका आफ्ना मुद्दा नै छैनन् भनी ब्याङग्य गर्दै आएका छन् ।
कांग्रेसले कम्युनिस्ट सरकारविरुद्ध उठाएको १६ मुद्दा यस्तो छ।
१. सरकारको अधिनायकवादको विरोध
२. संसदीय सर्वोच्चता कायम गर्न माग
३. सरकारको भ्रष्टाचार
४. राज्य आतंक बन्द गर्न माग
५. संसदीय मर्यादा पालना गर्न माग
६. हत्याहिंसा बन्द गर्न माग
७. वाइडबडी भ्रष्टाचारीलाई कार्वाही गर्न माग
८. निर्मला पन्तका बलात्कारी र हत्यारालाई कार्वाही माग
९. डा गोविन्द केसीसंग भएका सम्झौता पूरा गर्न माग
१०. चर्को मूल्यवृद्धि फिर्ता गर्न माग
११. तेत्तीस किलो सुनकाण्डका गिरोहलाई कार्वाही गर्न माग
१२. अनियमित बुढीगण्डकी ठेक्का बदर गर्न माग
१३. सुशासन कायम गर्न माग
१४. विधिको शासनको पूर्ण पालना गर्न माग
१५. होलीवाइनको सन्दर्भ जोडेर परम्परा तोडेको आरोप
१६. राज्य संचालन पारदर्शी गर्न माग ।