महेन्द्रनगर । बलात्कारपछि हत्या गरिकी १३ बर्षिया निर्मला पन्तको सम्झनामा बाल उद्यान निर्माण हुने भएको छ । उनी अध्ययन गरेको विद्यालय सरस्वती माध्यमिक विद्यालयमा उक्त पार्क बन्न लागेको हो ।
बुधबार भिमदत्त नगरपालिका वार्ड नम्बर २ का अध्यक्ष डम्बरसिंह कार्की र निर्मलाकी आमा दुर्गा देवी पन्तले शिलन्यास गरेका छन् । यो पार्क वडा कार्यालय, स्कुल तथा अन्य सहयोगी निकाय सहयोगमा बन्ने जनाइएको छ ।
यस पार्कमा बालबालिका सम्बन्धि खेल्ने ठाउँ तथा उद्यान निर्माण गरिने जनाइएको छ ।