बाजुरा । मौसम बदलीसँगै बाजुरामा फेरी भारी हिमपात भएको छ । बाजुराका उच्च पहाडी तथा हिमाली क्षेत्र ठूलो हिउ परेको स्थानीय जनाएका छन् ।
विगत २ हप्तादेखि हिमपात हुदै आइरहेको थियो । तर बुधवारबाट भने अझै भारी हिमपात भएको जनाएको छ । उक्त भेगमा संचार तथा सडक अबरुद्ध रहेको छ ।
हिमाली क्षेत्रको जनवीवन पनि निकै कष्टकर बन्दै गएको छ । एक सातादेखि घाम लाग्न सकेको छैन् । स्थानीयहरु निकै कष्टकर जीवन बिताइहेका छन् ।