गाडी दुरुपयोगको बारेमा सभामुख थापाका छोरालाई स्पष्टिकरण

आजभोलि

कैलाली । सुदूरपश्चिम प्रदेशका सभामुख अर्जुन बहादुर थापाका छोरा देवेन्द्र थापाले प्रदेशसभाको गाडीको दुरुपयोग गरेको भन्ने समाचारलाई लिएर स्पष्टिकरण सोधिएको छ । २ हप्ता अघि विभिन्न संचार माध्यममा गाडी दुरुपयोग गरेको समाचार आएपछि उनलाई स्पष्टि सोधिएको जनाइएको छ ।

देवेन्द्र थापा सुदूरपश्चिम प्रदेश कार्यालयमा अनुसन्धान अधिकृत (डिएसपी) पदमा कार्यरत छन् । उनी सभामुख थापाका छोरा समेत हुन् ।

राष्ट्रिय अनुसन्धान विभागको निर्देशनपछि प्रदेश कार्यालयले थापालाई प्रदेशसभाको गाडी प्रयोग गरेको विषयमा स्पष्टीकरण माग गरेको हो। राष्ट्रिय अनुसन्धान विभाग सुदूरपश्चिमका प्रमुख तथा अनुसन्धान निर्देशक प्रकाशराज पाण्डेले थापालाई प्रदेशसभाको गाडी प्रयोगको बारेमा सोधिएको जानकारी दिए । उनले भने थापाले शुक्रबार सम्म स्पष्टीकरण पेश नगरेको पनि अनुसन्धान निर्देशक पाण्डेले जानकारी दिए।

थापाले सभामुखको निर्देशन भन्दै प्रदेशसभाका कर्मचारीलाई हप्काउदै बा १ झ ९१७७ नम्बरको स्कारपियो गाडी प्रयोग गर्दै आएको भन्ने समाचार बाहिर आएको थियो । उनले प्रयोग गर्दै आएको गाडी यसअघि उप–सभामुख निर्मला जोशी बडालले चढ्दै आएकी थिईन्।

Photo: Dineshkhabar.com

  • २६ माघ २०७५, शनिबार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !