नेपालको शानदार जीतः हिरो महिला गोल्डकप खेलमा इरान नेपालसामू निरही

आजभोलि

नेपालको शानदार जीतः हिरो महिला गोल्डकप खेलमा इरान नेपालसामू निरही

काठमाडौं । भारतमा भइरहेको हिरो महिला गोल्डकप फुटबल प्रतियोगितामा नेपालले इरानलाई हराएको हो । फुटबलमा निकै बलियो मानिएको इरानी महिला फुटबल टिमलाई नेपाली महिला फुटबल टिमले ३-० ले हराएको छ ।

जीतसँगै नेपाल फाइनलमा पुग्ने सम्भावना बलियो भएको छ । भारतको भुवनेश्वरस्थित कालिङ्गा स्टेडियममा मा भइरहेको खेलमा नेपालले शानदार प्रर्दशन गरेको छ ।

नेपालका लागि खेलको ४१ औं मिनेटमा अनिता बस्नेतले पहिलो गोल गरेपछि अग्रता लिएको हो । त्यसपछि खेलको ५९ र ८९ मिनेटमा नेपालका लागि साबित्रा भण्डारीले २ गोल गरिन् । साबित्राले अहिलेसम्म ४ गोल गरिसकेकी छिन् । तर इरानी टिमले भने एक गोल पनि हान्न सकेन् ।

फिफा बरियतामा नेपाल १०६ औं स्थानमा छ भने इरान ६० औं स्थानमा रहेको छ । अब नेपाल फाइनलमा पुग्नका लागि बुधबार हुने भारत र म्यानमारको खेलको नतिजा कुर्नु पर्नेछ ।

Photo: FIFA

  • १ फाल्गुन २०७५, बुधबार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !