काठमाडौं । भारत प्रशासित काश्मीरको पुलवामा भएको आक्रमणमा मर्नेको संख्या ४६ पुगेको छ । बिहीवार भएको आत्मघाती हमलामा भएको थियो । हमला प्रतिबन्धित चरमपन्थी संगठन जैश–ए-मोहम्मदले आक्रमणको जिम्मेवारी लिएको छ । अरु २ दर्जनभन्दा बढी सैनिक घाइते छन् ।
हमालपछि भारतका प्रधानमन्त्री नरेन्द मोदीले आत्मघाती आक्रमणको निन्दा गर्दै उचित जवाफ दिने बताएका छन् ।
भारतका गृहमन्त्री राजनाथ सिंहले सुरक्षा समीक्षा बैठकमा सुरक्षामा निकायलाई परिचालन गर्ने बताएका छन् । उनले सुरक्षा कायम गर्न तथा सिमाको सुरक्ष ागर्न कुनै कसर बाँकी नराख्ने समेत बताएका छन् । सरकारको आदेशपछि कश्मीरमा इन्टरनेट सेवा अबरुद्ध गरिएको छ ।
भारतले पाकिस्तान बोर्डरमा सेना परिचालन गरेको छ । सँगै बोर्डरमा तनाब सिर्जना समेत भएको भारतीय संचार माध्यमले जनाएका छन् ।