काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका आयुक्त राजनारायण पाठकले राजीनामा दिएका छन् । उनले शुक्रवार राष्ट्रपति विद्यादेवी भण्डारी समक्ष आफ्नो पदबाट राजीनामा दिएका हुन् ।
उनलाई ७८ लाख घुस लिएको अभियोग लागेको थियो । उनले भक्तपुरको चांगुनारायणस्थित नेपाल इन्जिनियरिङ कलेजका सञ्चालकसँग घूस लिएको भिडियो सार्वजनिक भएको थियो ।
घुसकाण्ड बाहिर आएप्छि नेकपाले उनीमाथि महाअभियोग लगाउने तयारी गरिहेको थियो । अब उनले राजीनामा दिए पनि उनीमाथिको कारबाही के हुने भन्ने टुंगो भइसकेको छैन् ।